images

मंगलवार, बैशाख २५ गते २०८१

अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउन माग गर्दै नाट्टा लुम्बिनीले बुझायो ज्ञापनपत्र

अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउन माग गर्दै नाट्टा लुम्बिनीले बुझायो ज्ञापनपत्र

images
images
images
सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउन माग गर्दै नाट्टा लुम्बिनीले बुझायो ज्ञापनपत्र

    काठमाडौं, १८ मंसिर । 
    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गर्दै नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एन्ड एजेण्ट्स ( नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलले सोमबार नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

    images
    images
    images

    महानिर्देशक अधिकारीको कार्यकक्षमा पुगेर नाट्टाको टीमले जतिसक्दो छिटो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन अनुरोध गरेको हो । ज्ञापनपत्र बुझेपछि अधिकारीले क्यानले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न कुनै कमी नगर्ने प्रतिवद्धता जनाएका छन् ।

    नाट्टाको टीमले सोमबार नै काठमाडौंस्थित एशियाली विकास बैकका नेपाल प्रतिनिधिलाई समेत भेटेर ध्यानाकर्षण गराएका छन् । सो भेटमा नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) ले एडीबीको लगानीमा निर्मित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडीबीले पनि सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

    405878554_1456276534954029_7849807204091470376_n.jpg

    नाट्टासँगको छलफलमा एडीबीका प्रतिनिधि हेमन्त तिवारीले गौतमबुद्ध विमानस्थलको पूर्ण सञ्चालनमा सरकारले नै सक्रियतापूर्वक कदम चाल्नुपर्ने बताए । 

    त्यसै गरी एडीबीको नेपालस्थित यातयात विज्ञ भुपेन्द्रचन्द भट्टले नाट्टाको तर्फबाट राखिएको चासोलाई गम्भिरतापूर्वक लिएको बताए । 

    नाट्टा लुम्बिनी टीमले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितताको लागि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई र नेपाल वायुसेवा निगमलाई समेत ज्ञापनपत्र बुझाएको थियो ।

    उता भैरहवामा रहेका संघ–संस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुचारु नभए सडक आन्दोलन गर्ने घोषणा समेत गरेका छन् । सिद्धार्थ सञ्जाल, रुपन्देहीले विमानस्थल सञ्चालनको दबाब दिने विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij