images

मंगलवार, बैशाख २५ गते २०८१

अन्तर्राष्ट्रिय उडान नियमित बनाउन माग गर्दै सिद्धार्थ सञ्जालले प्रदर्शन गर्दै

अन्तर्राष्ट्रिय उडान नियमित बनाउन माग गर्दै सिद्धार्थ सञ्जालले प्रदर्शन गर्दै

images
images
images
मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • अन्तर्राष्ट्रिय उडान नियमित बनाउन माग गर्दै सिद्धार्थ सञ्जालले प्रदर्शन गर्दै

    भैरहवा, १९ मंसिर ।
    सिद्धार्थ सञ्जाल, रुपन्देहीको आव्हानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न माग गर्दै प्रर्दशन हुने भएको छ । विगत लामो समयदेखि विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका नागरिक, पर्यटन, उद्योग, व्यवसायमा समस्या परेकोले आन्दोलनमा उत्रिनुपरेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । यही मंसिर २२ गते शुक्रबार बिहान ११ बजे भैरहवाको देवकोटाचोकबाट सुरु हुने दबाबमूलक र्याली बुद्धचोकमा पुगेर समापन हुने ज्ञवालीले जानकारी दिए । र्यालीमा सहभागी हुन सम्पूर्ण नागरिक समाज, बुद्धिजीवि, उद्योगी, व्यवसायी, राजनीतिज्ञ तथा सम्पूर्णमा उनले आग्रह गरेका छन् ।  ज्ञवालीले प्रधानमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर माग पूरा गराउन ज्ञापनपत्र दिइसकेको बताए ।

    images
    images
    images

    ‘४३ अर्बको लगानीमा निर्माण बनेको विमानस्थलको लगानी सुरक्षित र व्यवस्थित गदै नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको माग गर्दै आन्दोलनमा उत्रिएका हौं । सरकारसँगै पर्यटन क्षेत्रमा निजी क्षेत्रको अरबौं लगानी भएको छ । हामी सरकार र व्यवस्था विरोधी होइनौं । विमानस्थल पूर्ण रुपमा सञ्चालन होस् भन्ने हाम्रो उद्देश्य हो, ’उनले भने ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले आइतबार भैरहवामा यस क्षेत्रका पत्रकारहरुसँग सुझाव लिदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारलाई दबाबस्वरुप पहिलो चरणमा विरोध र्यालीको आयोजना गरिएको जानकारी दिएको छ । सञ्जालले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दै गत कार्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

    दबाबमूलक कार्यक्रम अन्तर्गत मंसिर २४ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपूर्ण धर्ना र मंसिर २५ गतेदेखि विमानस्थलबाट हुने सबै आन्तरिक उडान बन्द गर्ने कार्यक्रम सञ्जालले सार्वजनिक गरेको छ ।

    सञ्जालका वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन संघर्ष समितिका संयोजक चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी प्रदेशका विभिन्न निजी क्षेत्रको व्यवसायिक संघ–संस्था, पर्यटन व्यवसायी, नागरिक समाज र राजनीतिक दल समेतसँग समन्वय र सहभागीतामा चरणबद्ध आन्दोलन सुरु गर्न लागिएको बताए । उद्घाटन भएको लामो समय बित्दा पनि विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा निजी क्षेत्रले गरेको अरबौको लगानी जोखिममा परेको चन्द्रप्रकाश श्रेष्ठले बताए । 

    सञ्जालका अनुसार चरणबद्ध आन्दोलनका सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण हुनेछन् । आन्दोलनलाई सफल बनाउन ५०१ सदस्यीय मूल संघर्ष समिति, १६ वटा विभिन्न उपसमिति, १०१ सल्लाहकार समितिको गठन गरिएको छ । 

    कार्यक्रममा सञ्जालका सल्लाहकार खिमबहादुर खत्री, प्रचारप्रसार समिति संयोजक मधु प्रसाद पन्थी, सञ्जालका महासचिव सञ्जय बजिमयलगायतले विमानस्थल पूर्ण सञ्चालनका लागि दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताए र

    कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, कार्यवाहक अध्यक्ष कमल रायमाझी र पत्रकार अरुण ज्ञवालीले कार्यक्रम सशक्त बनाउने भनिए पनि उडान रोक्ने कार्यलाई भने पुनर्विचार गर्दा उचित हुने सुझाव दिए । क्लबका सल्लाहकार कुलमणि ज्ञवाली, महासचिव शंकर पाण्डे, पूर्व सचिव माधव न्यौपाने, पूर्व कोषाध्यक्ष दीपक घिमिरे, कार्यसमिति सदस्य शशी पन्थी लगायतले कहिलेकाही सबैलाई समेटेर प्रभावकारी कार्यक्रम गर्न सुझाव दिए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij