images

बिहिवार, बैशाख २० गते २०८१

लुम्बिनी प्रादेशिक महोत्सव : हस्तकलातर्फ ए फोर टेनिङ्ग सेन्टर प्रा.लि. उत्कृष्ट

लुम्बिनी प्रादेशिक महोत्सव : हस्तकलातर्फ ए फोर टेनिङ्ग सेन्टर प्रा.लि. उत्कृष्ट

images
images
images
मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • लुम्बिनी प्रादेशिक महोत्सव : हस्तकलातर्फ ए फोर टेनिङ्ग सेन्टर  प्रा.लि.  उत्कृष्ट

    भैरहवा, १९ मंसिर ।
    मंसिर ६ गतेदेखि १८ गतेसम्म भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) मा सहभागी स्टहरुमध्ये घरेलु तथा हस्तकलातर्फ ए फोर टेनिङ्ग सेन्टर प्रा.लि. भैरहवा उत्कृष्ट भएको छ । 

    images
    images
    images

    घरेलु तथा हस्तकलातर्फ उत्कृष्ट ए फोर टेनिङ्ग सेन्टर प्रा.लि. भैरहवा उत्कृष्ट भएको महोत्सवको आयोजक संस्था चेम्बर अफ कमर्श, (उद्योग व्यापार संगठन, रुपन्देही) का पूर्वअध्यक्ष एवं अनुगमन तथा मूल्यांकन समिति संयोजक खिमबहादुर खत्रीले बताए । सोमबार महोत्सवको समापन कार्यक्रममा उत्कृष्ट हुन सफल उक्त प्रतिष्ठानलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान र उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले सम्मान–पत्र प्रदान गरे ।

    विगतका वर्षहरुझै यस वर्ष पनि ए फोर टेनिङ सेन्टर प्रा.लि. उत्कृष्ट हुँदा खुसीको अनुभुति भएको लुम्बिनी प्रदेश सांसद् समेत रहेकी प्रा.लि.की प्रबन्ध निर्देशक हेमा बेल्बासे (के.सी.)ले बताइन् । सिद्धार्थनगर–८ बुद्धचोकमा अवस्थित ए फोर टेनिङ्ग सेन्टर प्रा.लि.ले फेसन डिजाइनिङ व्यूटीपार्लर, सिलाईकटाई, ब्याग बनाउने, चुरा, माला बनाउने, बुटिक (हातेकडाई) लगायतका तालिम सञ्चालन गर्दै आएको छ । २०७३ सालदेखि सञ्चालनमा आएको ए फोर सेन्टर प्रा.लि.ले बेसिक, एडभान्स र डिप्लोमा तहका तालिम सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक के.सी.ले बताइन् ।

    WhatsApp Image 2023-12-05 at 8.41.15 AM.jpeg

    त्यस्तै उद्योगतर्फ पाल्पाली मदनपोखरा ढाका उद्योग पाल्पा, व्यापारतर्फ मदिना सिरक स्टोर्स बुटवल, कृषितर्फ सबल नेपाल एग्रो प्रा.लि.बुटवल र पर्यटनतर्फ सुजल मःम सेन्टर चितवन पुरस्कृत भएका छन् । त्यस्तै मार्फा फलफूल तथा तरकारी उद्योग मुस्ताङको सञ्चालक सुकुन रसाइलीलाई सम्मान गरिएको संगठनले जनाएको छ ।

    त्यस्तै मंसिर ६ गते निकालिएको औद्योगिक जनचेतना र्यालीमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यालय तथा संघ–संस्थाहरुलाई पुरस्कृत गरिएको छ ।

    उक्त र्यालीमा श्री बेलहिया माध्यमिक विद्यालय सिद्धार्थनगर–१, रुपन्देही प्रथम भएको थियो । र्‍यालीमा रुपन्देही लीलाराम न्यौपाने मावि सिद्धार्थनगर–८ द्वितीय, तमु ह्युला छोंज धिं गुरुङ्ग राष्ट्रिय परिषद इकाई समिति अञ्चलपुर सिद्धार्थनगर–८ तृतीय र मुनलाइट सेकेण्डरी बोर्डिङ स्कूल सिद्धार्थनगर–६ सान्त्वना भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij