images

बिहिवार, बैशाख २० गते २०८१

विपद् व्यवस्थापनका लागि उपकरणले मात्र हुँदैन, सेवा भाव पनि हुनुपर्छ : मन्त्री पाण्डेय

विपद् व्यवस्थापनका लागि उपकरणले मात्र हुँदैन, सेवा भाव पनि हुनुपर्छ : मन्त्री पाण्डेय

images
images
images
मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • विपद् व्यवस्थापनका लागि उपकरणले मात्र हुँदैन, सेवा भाव पनि हुनुपर्छ : मन्त्री पाण्डेय

    भैरहवा, १९ मंसिर ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विपद् व्यवस्थापनका लागि उपकरणले मात्र प्रयाप्त नहुने बताएका छन् । उनले यसका लागि सेवा भाव र सकारात्मक सोच आवश्यक रहेकोमा जोड दिए ।

    images
    images
    images

    प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति लुम्बिनी प्रदेशले मंगलबार दाङमा आयोजना गरेको प्रदेशस्तरीय सिकाई आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले विपद्को सामना विश्वले नै गर्ने भएकाले यसको न्यूनीकरणतर्फ लाग्नुपर्ने बताए । उनले सकारात्मक सोच विश्वको सबैभन्दा ठूलो चुनौति रहेको बताए । उनले भने, ‘सकारात्मक सोच र मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो । एउटै व्यक्तिले मात्र समाधान हुँदैन । पृथ्वी रहेसम्म समस्या आइरहन्छन् । समस्याको समाधान गर्नेतर्फ लाग्नुपर्छ । ’उनले सकेसम्म विपद्को सामना गर्नै नपरोस् भन्ने कामना गरे पनि भूकम्प, कोरोना महामारी लगायत विभिन्न विपद्को सामना गर्नुपरेको बताए ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले विपद् व्यवस्थापनका लागि प्रदेश सरकार समन्वय गर्दै आइरहेको बताए । उनले प्रचार कम गरेर काम बढी गर्नुपर्नेमा जोड दिए । मन्त्री पाण्डेयले भने, ‘सबै मिलेर विपद् व्यवस्थापनमा लाग्नुपर्छ । लुम्बिनी प्रदेश गृह मन्त्रालयले आफ्नो जिम्मेवारी निर्वाह गर्छ । ’ जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति पुगेका भूकम्पप्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति भएको भन्दै उनले विपद् व्यवस्थापनमा प्रदेश सरकारको चासो रहेको दावी गरे ।

    निर्वाचन जितेको मानिसले सबै कुरा जानेको हुन्छ भन्ने सोच्न नहुने उनको भनाइ छ । सबै समाधान नेताले गर्न सक्छन् भन्ने भ्रम फैलाइएको भन्दै उनले हुनै नसक्ने काम नेताले गर्न नसक्ने बताए । निर्वाचन जितेकाले सबै काम गर्न सक्ने र पराजित हुनेले केही गर्न नसक्ने भन्ने सोच हटाउनुपर्ने मन्त्री पाण्डेयले बताए ।  

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij