२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

बुधवार , मंसिर २०, २०८०

काठमाडौं, २० मंसिर । टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन हुने बताएका छन् । 


बुधबार संसदको लेखा समिति बैठकमा अध्यक्ष खनालले एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद रहेकाले छानबिन हुने बताएका हुन् । 


एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको आफूले जवाफ पाएको भन्दै उनले अध्ययनका लागि सहमतिको कागजातपत्र मागेको जानकारी दिए ।