२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

रुपन्देही प्रहरीद्वारा अवैध चिनीसहित पीकअप बरामद

बुधवार , मंसिर २०, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २० मंसिर ।
    रुपन्देही प्रहरीले अवैध चिनीसहित बोलेरो पीकअप बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मंगलबार राती २ बजे मायादेवी गाउँपालिका–५ स्थित पर्सहवाबाट ५६ बोरा चिनी र गाडी बरामद गरेको हो ।

    बुटवल उपमहानगरपालिका–२ का ३२ वर्षिय ईश्वर भुसालले चलाएको र बुटवल–१३ का २० वर्षिय अर्जुन कुँवर सवार भएको लु २ च २४ नम्बरको पीकअपमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याइएको अवस्थामा चिनीसहित गाडी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    चिनी र गाडीसहित अन्दाजी मूल्य रु. ११ लाख ८२ हजारको स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि मानिस, चिनी र गाडी भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।