images

बिहिवार, बैशाख २० गते २०८१

पुस ५ देखि बुटवलमा लुम्बिनी एक्स्पो, ५० करोड कारोबारको लक्ष्य

पुस ५ देखि बुटवलमा लुम्बिनी एक्स्पो, ५० करोड कारोबारको लक्ष्य

images
images
images
बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • पुस ५ देखि बुटवलमा लुम्बिनी एक्स्पो, ५० करोड कारोबारको लक्ष्य

    रुपन्देही, २१ मंसिर । 
    रुपन्देहीको बुटवलमा लुम्बिनी एक्स्पो–२०८० अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि १८ गतेसम्म मेला सञ्चालन हुन लागेको हो ।

    images
    images
    images

    आयोजकले बुधबार मेलास्थल (बुटवल मण्डप) मा पत्रकार सम्मेलन गरी मेलाको तयारी भइरहेको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेला मूल आयोजक समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले यसपटक मेला विगतको भन्दा फरक तरिकाले सञ्चालन हुने बताए । मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य रहेको संयोजक घिमिरेले जानकारी दिए ।

    १४ दिनसम्म सञ्चालन हुने एक्स्पोमा ५ सय भन्दा बढी स्टलहरु रहने र अधिकांश स्टल बुक भइसकेको संयोजक घिमिरेले बताए । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसार गरिने उनले बताए ।

    कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता भएको बताउँदै उनले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यो मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी गरे । मेलालाई सफल बताउनका लागि ४५ सदस्यीय मूल आयोजक समिति, विभिन्न विषयका ४५ वटा उपसमिति गठन गरिएको र गठित उपसमितिले आवश्यक तयारीका काम गरिरहेको प्रचारप्रसार संयोजक फर्शुराम पन्थले बताए ।

    साथै मेलाको अवलोकनका लागि ६० रुपैयाँ टिकटदर निर्धारण गरिएको उनले बताए । साथै सहुलियत दरमा टिकटदर ५० रुपैयाँ कामय गरिएको बताए ।

    मेलाको सह–आयोजकमा देवदह व्यापार संघ, सैनामैना व्यापार संघ, तिलोत्तमा व्यापार संघ रहेका छन् । त्यस्तै प्रवद्र्धकमा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड, काठमाडौं र बुटवल उपमहानगरपालिका, रुपन्देही रहेका छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij