
बिहिवार , माघ २२, २०७७
भैरहवा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले आयोजना गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिक परेको छ। रुपन्देहीको बुटवलमा बन्दको प्रभाव पुर्ण रुपमा परेपनि भैरहवा लगाएतका अन्य स्थानमा भने बन्दको प्रभाव न्युन रहेको छ।
बुटवलमा बन्द आब्हानकर्ता सडकमा उत्रिएका छन्। उनीहरुले बिभिन्न सवारी साधन सडकमा तेर्साएर बन्द गराएका छन्। भैरहवा लगाएतका शहरमा भने न्युन मात्रामा बन्दकर्ता सडकमा निस्किएका छन्। लामो तथा छोटो दुरीका सवारी साधन नचलेपनि मोटरसाइकल तथा भैरहवामा अधिकांश पसल खुलेका छन्।
प्रहरीको तैनाथी अन्य समयको बन्दमा भन्दा बढाईएको छ। बुटवलमा बख्तरबन्द गाडि निकालिएको छ। बुटवलको बेसक्याम्पबाट निकालिएको ४ वटा बख्तरबन्द गाडि राजमार्ग चौराह हुदै गोलपार्कतिर लगिएको थियो।
अर्को तर्फ कपिलबस्तुमा भने बन्दको प्रभाव परेको छ। बन्द गराउदै हिडेका कपिलबस्तुको तौलिहवाबाट दीपक पाण्डेय र हरिशचन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएकोछ।
अर्घाखाँचीमा बन्दको प्रभाव पुर्ण रुपमा परेको छ। बन्दका कारण अर्घाखाँचीको जनजीवन पुर्ण रुपमा प्रभावित भएको छ।
जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन बिहानै देखि चलेका छैनन् भने शैक्षिक संस्था, कलकारखाना पनि बन्द छन्। यता जिल्लाको सदरमुकाम सन्धिखर्क लगायतका बजार क्षेत्र र ग्रामीण भेगका बजारहरु समेत विहानैदेखि पुर्ण रुपमा बन्द रहेका छन्।
प्रचण्ड–नेपाल पक्षका संघर्ष समितिका नेता तथा कार्यकर्ताहरु सदरमुकाम सन्धिखर्क चुत्रावेसिमा खोलिएका पसल, सवारि साधन बन्द गराउँदै गल्ली गल्ली हिडेका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij