images

बिहिवार, बैशाख २० गते २०८१

बौद्धधर्म र शान्तिको स्रोत बुद्धको पवित्र जन्मस्थल लुम्बिनी हो : उपाध्यक्ष डा.लामा

बौद्धधर्म र शान्तिको स्रोत बुद्धको पवित्र जन्मस्थल लुम्बिनी हो : उपाध्यक्ष डा.लामा

images
images
images
शुक्रवार, मंसिर २२ २०८०
शुक्रवार, मंसिर २२ २०८०
  • बौद्धधर्म र शान्तिको स्रोत बुद्धको पवित्र जन्मस्थल लुम्बिनी हो : उपाध्यक्ष डा.लामा

    भैरहवा, २२ मंसिर ।
    लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रको रुपमा स्थापित गर्न संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् ।

    images
    images
    images

    भारतीय दूतावास, काठमाडौं र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्त रूपमा आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष डा.लामाले उक्त धारणा राखेका हुन् ।

    तीनजना बुद्धहरु क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राखेका हुन् । 

    बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुवात भएको भन्दै उपाध्यक्ष डा. लामाले विश्वकै शान्तिको श्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको समेत उल्लेख गरे ।

    बौद्ध शिक्षाको महत्व विश्वभर भएको र बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्त रहेको जिकिर गर्दै ‘बुद्ध शिक्षा मार्गदर्शक रहेको र यसको अनुशरण र परिपालना हुनुपर्ने समेत बताएका हुन् ।

    भारतीय दूतावास, काठमाडौं र लुम्बिनी बौद्ध विश्वविद्यालयले संयुक्त रूपमा सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव अन्वेषण विषयमा अन्तरक्रिया तथा सेमिनार लुम्बिनी बौद्ध विश्वविद्यालय आयोजना भएको हो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij