images

बिहिवार, बैशाख २० गते २०८१

भैरहवामा पर्यटनमन्त्री किराँतीले व्यवसायीलाई भने–आन्दोलन स्थगित गर्नुपर्‍यो

भैरहवामा पर्यटनमन्त्री किराँतीले व्यवसायीलाई भने–आन्दोलन स्थगित गर्नुपर्‍यो

images
images
images
शुक्रवार, मंसिर २२ २०८०
शुक्रवार, मंसिर २२ २०८०
  • भैरहवामा पर्यटनमन्त्री किराँतीले व्यवसायीलाई भने–आन्दोलन स्थगित गर्नुपर्‍यो

    भैरहवा, २२ मंसिर ।
    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले व्यवसायीलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् । शुक्रबार साँझ गौतमबुद्ध विमानस्थलमा सिद्धार्थ सञ्जाल, रुपन्देहीको टीमसँग कुराकानी गर्दै मन्त्री किराँतीले भने, ‘आन्दोलन गरेर हुँदैन । भएको पनि झन झन बिग्रन्छ । त्यतातिर नजान म गम्भिरताकासाथ अनुरोध गर्दछु । देश अप्ठयारो अवस्थामा छ । अफ्ठयारोकाबीच हामीले समस्या समाधान गर्नुपर्नेछ । 

    images
    images
    images

    मन्त्री किराँतीले आन्दोलन गरेर आजको भोली नै जहाज चल्न नसक्ने भन्दै उद्योगी–व्यवसायीको आवाज सुनिरहेको बताए । उनले नेपाल वायू सेवा निगमसँग धेरै हवाइजहाज हुनुपर्ने भए पनि हुन नसकेको बताए । उनले लिजमा लिएर जहाज चलाउनका लागि प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्याण्ड बाई राख्ने सोच बनाएका छौं । दिनको ४ वटा भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले अनिवार्य एउटा उडान भैरहवाबाट गर्नुपर्ने निर्णय निर्ममतापूर्वक गर्दैछौं ।’

    mantri vetghat.jpg

    ‘जहाज किन्ने र लिजमा ल्याउने कोशिषमा म लागेको छु । जहाज थप्दैछौं । ल्याउन नदिनका निम्ति सम्पूर्ण शक्ति लगाएका छन् । यसमा पनि तपाईहरु बोल्दिनुपर्यो, ’उनले भने । हवाई रुटको सन्दर्भमा आफ्नोतर्फबाट कुटनीतिक पहल गरेको र प्रधानमन्त्री स्वयंले उच्चकोटीमा प्रस्ताव राखेर भारतका प्रधानमन्त्रीसँग कुरा गर्नुभएको बताए । मेरोतर्फबाट लागिरहेको छु । 
    ‘राज्यले विमानस्थल चलाउनका लागि नै बनाएको हो । हामी सबै मिलेर चलाउनुपर्नेछ । सामूहिक प्रयास बेगर हुँदैन, ’मन्त्री किराँतीले भने ।

    त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समस्या समाधानका लागि अब परिणाम तथा निष्कर्ष निस्कने गरी राउण्ड टेबल बैठक गर्न आवश्यक रहेको बताए । 

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल सञ्चालन हुनुपर्छ भन्ने सबैको मान्यता भएको बताए । उनले यो काम देशको नेतृत्व गर्ने सरकारको भएको बताए ।
    गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलका महाप्रबन्धक हसं राज पाण्डेयले विमानस्थलबाट अन्तर्राष्टिय उडान हुनुपर्छ भन्ने सबैको माग रहेको बताए ।

    आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो : व्यवसायी

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले आन्दोलन गर्ने आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले यसअघि प्रधानमन्त्री, पर्यटनमन्त्री र लुम्बिनीका मुख्यमन्त्रीलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाइसके पनि पनि समस्या समाधान नभएकाले आन्दोलनमा उत्रिनुपरेको बताए । उनले भने, ‘नागरिक स्वतस्फूर्त आन्दोलनमा उत्रिएका छन्, । अझै पनि श्रम स्वीकृत, भिषा सेन्टर, स्वास्थ्य परीक्षण लगायतका काम अघि बढ्न सकेको छैन ।’ विमानस्थल सञ्चालन नहुँदा निजी क्षेत्र हत्तोत्साहित भएको र बैंकको ब्याज किस्ता समेत तिर्न ग्राहो भएको बताए ।

    उनले आइतबारदेखि विमानस्थलमा शान्तिपूर्ण धर्ना बस्ने कार्यक्रम रहेको बताए । अध्यक्ष ज्ञवालीले आन्तरिक हवाइ उडानको टिकट नकाटेर सहयोग गर्न विभिन्न एअरलायन्सहरुलाई पत्राचार गरिएको बताए ।

    सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटकलाई भित्र्याउन कनेक्टीभिटी आवश्यक रहेको भन्दै यात्रु नपाएको भन्ने कुरा गलत भएको बताए । उनले भारतको गोरखपुरबाट हवाईमार्ग हुँदै जाने यात्रुमध्ये २५ प्रतिशत नेपाली यात्रु रहेको बताए । उनले नेपालमा आउने पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक रहेको तर एअरपोर्ट नचाल्दा समस्या भएको बताए । उनले विमानस्थल नचल्दा जनता आक्रोशित भएको बताए ।

    सञ्जालका महासचिव संजय बजिमयले कनेक्टीभिटी बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए । उनले भैरहवा विमानस्थलबाट अन्तर्राष्टिय उडान गरेर सुलभ दरमा वैदेशिक रोजगारीमा जाने नेपालीहरु सेवा प्राप्त गरेर लाभान्वित हुन सक्ने बताए । 

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले विमानस्थल सञ्चालन हुन नसक्दा निजी क्षेत्र मर्कामा परेको बताए ।

    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि आन्दोलन सुरु भएको छ । सोही क्रममा शुक्रबार सञ्जालको आयोजनामा दबाबमूलक र्‍याली  निकालिएको छ । र्‍यालीमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, प्रदेश सभा सदस्यहरु देवी प्रसाद चौधरी, हेमा बेल्बासे (के.सी.), जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा स्थानीयबासीको सहभागीता रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij