२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

त्रिदेवी सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा शम्भु यादव

शनिवार , मंसिर २३, २०८०

भैरहवा, २३ मंसिर । 
त्रिदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रोहिणी–३ धकधई, रुपन्देहीको १२ औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

धकधईमा भएको अधिवेशनले शम्भु प्रसाद यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा फिरोज अहमद खान, सचिवमा विरेन्द्र कुमार गौड र कोषाध्यक्षमा उसमान अली निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा रामचन्द्र ठाकुर, बालसुग्रिम वर्मा, माया ठाकुर, स्यानु अग्रहरी र इमलादेवी क्षेत्री निर्वाचित भएका छन् ।

साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदनका साथै आर्थिक एवं लेखापरीक्षण प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

संस्थाका नारायण प्रसाद सिग्देलको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

नवनिर्वाचित अध्यक्ष यादवले सहकारीको मर्म अनुसार आफू अगाडि बढ्ने बताए । यादव विभिन्न संघ-संस्थामा आबद्ध छन् ।

408694661_369634602098212_2019748798039743194_n.jpg
\