२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

रुपन्देही उद्योग संघमा सल्लाहकार तथा सदस्य मनोनित

सोमवार , मंसिर २५, २०८०

  • 925
    Shares
  • 925
    Shares
  • बुटवल, २५ मंसिर ।
    रुपन्देही उद्योग संघले विभिन्न क्षेत्रमा सल्लाहकार तथा सदस्य मनोनित गरेको छ । आइतबार नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले सल्लाहकार समिति र ३ जना कार्यसमिति सदस्य पदमा मनोनित गरेको जनाएका छन् ।

    संघको विधानअनुसार संघका अध्यक्षले ३ जना उद्योगीलाई कार्यसमिति सदस्यमा मनोनित गर्नपाउने व्यवस्था छ । सदस्यहरुमा पण्डित आयुवेर्दिक उद्योग तिलोत्तमाका चन्द्रकान्त खनाल, अन्नपूर्ण बेकरीज उद्योग सिद्धार्थनगरका यादव गैरे र मनिषा इन्जिनियरिङ्ग इण्डष्ट्रिज बुटवलकी दिलु शाहीलाई मनोनित गरिएको छ । 

    त्यसै गरी संघको सल्लाहकार समिति संयोजकमा संघका पूर्बअध्यक्ष बाबुराम बोहोरा, सदस्यहरुमा अस्मिता कापी उद्योग बुटवलका ऋषिबहादुर भण्डारी, सुपर कंक्रिट उद्योग बुटवलका शिवकुमार पाठक, लुम्बिनी आल्मुनियम एण्ड मेटल इण्डष्ट्रिज बुटवलका राजेन्द्र कार्की र फस्ट च्वाइस फूड्स प्रा.लि. शुद्धोधनका कृष्णप्रसाद पौडेललाई मनोनयन गरिएको अध्यक्ष सापकोटाले जनाएका छन् ।

    त्यसै गरी आर्थिक सल्लाहकारमा प्राध्यापक भरत भुसाल, कानुनी सल्लाहकारमा अधिवक्ता यमलाल खनाल, प्राविधिक सल्लाहकारमा ज्ञानप्रसाद अर्याल र प्रेस सल्लाहकारमा रामप्रसाद आचार्य मनोनित भएका छन् । आश्विन २९ गते सम्पन्न २३ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष सापकोटाले संघको विधानको अधिकार प्रयोग गरी मनोनित गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिएका छन् ।