images
images

आइतवार, जेठ ६ गते २०८१

अर्घाखाँचीमा करिब ३४ करोडको सुन्तला उत्पादन 

अर्घाखाँचीमा करिब ३४ करोडको सुन्तला उत्पादन 

images
images
images
शुक्रवार, माघ २३ २०७७
शुक्रवार, माघ २३ २०७७
  • अर्घाखाँचीमा करिब ३४ करोडको सुन्तला उत्पादन 

    अर्घाखाँची, २३ माघ ।
    अर्घाखाँची जिल्लामा यो वर्ष करिब ३४ करोडको सुन्तला उत्पादन भएको छ । कुल ४ सय ९४ हेक्टरमा  ५ हजार ६ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द अर्घाखाँचीका सुचना अधिकारी महेन्द ओझाले जानकारी दिए । भिरालो पाखो बारीमा पनि राम्रो उत्पादन हुने भए पछि अहिले यहाँका कृषकहरु व्यवसायिक रुपमा सुन्तला खेतीतर्फ आर्कषित भएको सुचना अधिकारी ओझाको भनाइ छ ।

    images
    images
    images

    जिल्लाको सबै भन्दा धेरै सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिकाको पणेना हो । पणेनासंगै पटौटी, खिदीम अर्घातोष, भगवती मरेङ, हंसपुरको साकिन्धारा ढिकुरा खाचीकोटलाई सुन्तला खेतीको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । 

    जिल्लामा उत्पादित सुन्तला ६० प्रतिशत जिल्लामै र ४० प्रतिशत जिल्ला बाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादन भएको सुन्तला सबै  भन्दा बढी बुटवलमा निर्यात हुने गरेको छ । बुटवलबाहेक कपिलवस्तु, पाल्पा गुल्मी, प्यूठान पनि निर्यात हुन्छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij