२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ सिद्धार्थनगर कमिटी गठन

आइतवार , पौष १, २०८०

  • 907
    Shares
  • 907
    Shares
  • भैरहवा, १ पुस ।
    ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ सिद्धार्थनगर कमिटी गठन गरिएको छ । शनिबार भएको व्यवसायीहरुको भेलाले मोहम्मद अस्लम अन्सारीको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो ।

    कमिटीको उपाध्यक्षमा ओम पौडेल, सचिवमा पिताम्बर न्यौपाने र कोषाध्यक्षमा राम कुमार गुप्ता रहेका छन् । त्यस्तै सदस्यमा मुमताज अली, जगत खत्री, कमलेश कोहार, बैजनाथ धवल र अस्लम पठान रहेको छन् ।

    कार्यक्रममा बोल्दै ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बुद्धि प्रसाद गुरुङले सम्पूर्ण व्यवसायीहरु एकजुट भइ अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । 

    ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष मोहम्मद अस्लमले मिलेर अघि बढ्न आग्रह गरे ।

    संघका उपाध्यक्ष ओम पौडेलले बिना दर्ता व्यवसाय सञ्चालन हुँदा व्यवसायी मर्कामा परेको बताए ।
    संघका सचिव पिताम्बर न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।