२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

नेफ्स्कुनको सञ्चालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिने

आइतवार , पौष १, २०८०

भैरहवा, १ पुस । 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को सञ्चालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिने घोषणा गरेकी छन् । पौड्याल रुपन्देहीको तिलोत्तमा–१५ कोटहवामा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष हुन् ।  पौड्याल दोस्रो पटक जनउत्थानको अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् ।

विगत १९ वर्षदेखि सहकारीमा अनभव बटुलेकी पौड्याल पहुँच बचत तथा ऋण सहकारी संस्था र एकीकरणपछि जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी छन् । नेफ्स्कुनको ३२औँ साधारणसभा तथा निर्वाचन पुस ७ र ८ गते काठमाडौंमा हुँदैछ ।

403412399_190711180791762_133555063433671845_n.jpg

उनले उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार, २०७५, नेफ्स्कून, सुप्रबल जनसेवाश्री मानपदवी (२०७९), नेपाल सरकार, जनसेवा मानपदवी पुरस्कार (२०७३), नेपाल सरकार, आइसीए–एसिया एण्ड प्यासिफिक कमिटी अन वुमको सदस्य, स्थिरीकरण कोष सञ्चालन समिति सदस्य र प्रदेश बचत तथा ऋण सहकारी संघमा अनुभव प्राप्त गरेकी छन् । 

भारत, मलेसिया, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड, सिंगापुर, अमेरिका, अष्ट्रेलिया, स्वीजरल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, निदरल्याण्ड, स्वीडेन तथा जर्मनीका सहकारीरुको उनी पुगेर त्यहाँ सञ्चालित सहकारीबारे जानकारी समेत लिएकी छन् । साकोस ऐन नियमावलीको लागि आवश्यक पैरवी र पहल गर्न, ऋण असुली न्यायाधिकरण, सूचना केन्द्र र ऋण सुरक्षण व्यवस्था, स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन गरी सदस्यहरुलाई बचत सुरक्षणको प्रत्याभूति दिन,संस्था सञ्चालकहरुलाई सुरक्षित संस्थाको रुपमा आश्वस्त बनाउन, स्वनियमनमार्फत सुशासन प्रबद्र्धन, साकोस अभियानमा सुशासनको अक्षरस पालना गराउन आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।

403399468_1680382395703723_4980419984102951312_n.jpg

त्यस्तै अभियान सुधारका लागि अभियानकर्मीहरुको ऐक्यद्धतामा सुसम्बन्ध स्थापना गर्न, साकोश तथा नेफ्स्कुनको छविलाई अझै उच्च र सम्मानजनक बनाउन, सबैको मानसपटलमा बस्ने साकोष अभियानको संस्कृति स्थापना गर्न, साकोसको समस्या र चुनौतीलाई लिएर नीतिगत बहस पैरबि गर्न, साकोस सहजीकरण को पुनःसंरचनामा आवश्यक नीतिगत पैरवी गर्न, दीगो सञ्जाल व्यवस्थापन ढाँचा विकास गर्न, सबै सदस्य साकोसहरुलाई आवश्यकता पहिचान गरी तालिम तालिम तथा शिक्षाको व्यवस्था गर्न, उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गर्न सदस्यहरुको व्यवस्थापन सहजीकरणमार्फत अविभावकत्व, प्राविधिक रुपमा सञ्जालीकरण र न्यूनलागतका स्रोतहरु बचत तथा ऋण सहकारीहरुमार्फत परिचालन गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।

नेफ्स्कून सञ्चालकमा ज्ञानु पौड्याल नै किन ?

नेतृन्वमा जान रहर गर्नु र नेतृत्वको लागि सबल र सक्षम हुनु नितान्त फरक कुराहरु हुन् । हाम्रो सहकारी अभियानमा सम्बन्धित विषय र संस्थामा दक्षता एवं विशेषज्ञता हासिल गरी पदमा जान खोज्ने व्यक्तिहरुलाई पक्कै पनि सहज छैन । तर, सहकारी अभियन्ताबीच सहमति सहकार्य गरी नेफ्स्कून सञ्चालकमा सक्षम नेतृत्वको टीम आउने वातावरण बनाउने अभियान हामी सबैको जिम्मेवारी पनि हो ।

प्रारम्भिक सस्था अब्बल बनाएका नेतृत्वहरू सहकारी सिद्धान्त र वित्तीय अनुशासनको पालना गरेका सस्थाको सुशासन र सुरक्षा पहिलो प्राथमिकतामा राखेका अनुभवी, शेयर सद्स्यको हित र केन्द्रमा राखेर नीति निर्माणमा पैरवी र योगदान दिन सक्ने क्षमतावान नेतृत्व नेफ्स्कुनको सञ्चालकमा जाने वातावरण बनोस् र प्रोब्यसन एक्सेस र स्थिररिकरण कोषमा योगदान दिने सस्थाको मूल्याकंन पनि जरुरी छ । नेतृत्वदायी भूमिकामा सही व्यक्ति सही भूमिकामा ल्याउने वातावरण मिलाउने हामी सबै अभियानको जिम्मेवारी हो । वि.सं २०६३ सालदेखि ‘पहुँच

महिला बचत तथा ऋण सहकारी संस्था’ को स्थापनागरे पश्चात  सहकारी क्षेत्रमा सक्रिय रही २०७३ सालमा पहुँच बचत तथा ऋण सहकारी संस्था र ‘जनउत्थान बचत तथा ऋण सहकारी संस्था’ को एकीकरणपछि बनेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेकी छु । 

४१ हजार सदस्यहरु आबद्ध भएको रुपन्देही जिल्ला कार्यक्षेत्र भएको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको छवी सहकारी अभियानमा तपशिल बमोजिम रहेको छ । 

–  एक्सेस सिल्भर, २०२३, एशियाली ऋण महासंघ
–  प्रोवेसन सफल ब्राण्ड, २०७७, नेफ्स्कून
– उत्कृष्ट सहकारी पुरस्कार, २०७४ भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय
– उत्कृष्ट करदाता सम्मान, २०७४, आन्तरिक राजस्व कार्यालय, भैरहवा
– नेपालको सर्वोत्कृष्ट साकोस, २०७८ बाट पुरस्कृत, नेफ्स्कून
– उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०७८, राष्ट्रिय सहकारी महासंघ
– कोभिड अवधिमा उत्कृष्ट सेवा सम्मान, २०७७, नेफ्स्कून

‘एकका लागि सबै र सबैका लागि एक’ को भावनामा विश्वास गर्ने जनउत्थान बचत तथा ऋण सहकारी संस्था बचत ऋण सहकारी अभियानमा योगदान गर्ने काममा संधै अग्रसर रहेको छ । सदस्यहरुको सेवा मात्र होइन समग्र बचत तथा ऋण सहकारी सञ्जालको संरक्षण बिना संस्थाको दीगोपन सम्भव नहुने विश्वास लिने यस संस्थाको सहकारी अभियानमा योगदान तपशिल बमोजिम रहेको छ ।

– सातवटा संस्थाहरुको एकीकरण गरेको
– स्थिरीकरण कोषमा रु. १ करोड ७ लाख योगदान गरेको
– नेफ्स्कुनका (लागतसहित वा रहित) सबै सेवाहरुको उपयोग गरेका
– जनउत्थान बचत तथा ऋण साकोस लुम्बिनी प्रदेशमा सबैभन्दा बढी जगडा कोष भएको संस्था

(ज्ञानु पौड्यालसँग गरिएको कुराकानीमा आधारित)