images

सोमवार, बैशाख २४ गते २०८१

न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी

न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी

images
images
images
आइतवार, पौष १ २०८०
आइतवार, पौष १ २०८०
  • न्यू होराइजनमा विद्यालयस्तरीय लोक दोहोरी

    बुटवल, १ पुस । 
    बुटवलको न्यू होराइजन माविले विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता सम्पन्न गरेको छ । संस्थागत विद्यालयको आयोजनामा अन्तरविद्यालय दोहोरी गीत प्रतियोगिता रुपन्देहीमै पहिलोपटक भएको हो । 

    images
    images
    images

    प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले नेपालको मौलिक कला र संस्कृतिको रुपमा रहेको लोक दोहोरीको संरक्षण, विकास र प्रवद्र्धनका लागि विद्यालयस्तरमा यस्ता प्रतियोगिता हुनु सराहनीय भएको भन्दै यसलाई निरन्तरता दिन र प्रदेशस्तरीय बनाउन सुझाव दिए । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तरसँगै विभिन्न विधामा पनि उत्कृष्टता हासिल गराउन अतिरिक्त क्रियाकलापहरुलाई उत्तिकै प्राथमिकता दिने गरेको बताए ।

    प्राचार्य लोकनाथ उपाध्यायले न्यू होराइजनले संस्थागत र सामुदायिक विद्यालयबीच सम्बन्ध प्रगाढ बनाउने र विद्यार्थीको वौद्धिक प्रतिभा प्रष्फुटन गराउन जिल्लास्तरीय हुँदै प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितालाई निरन्तरता दिंदै आएको र अब लोकदोहोरी प्रतियोगितालाई पनि निरन्तरता दिने बताए ।

    प्रतियोगितामा शान्ति नमूना मावि मणिग्राम प्रथम, नवीन औद्योगिक मावि बुटवल दोस्रो, बुद्ध पब्लिक हाई स्कूल देवदह तेस्रो र न्यू होराइजन मावि बुटवल सान्त्वना भएका विद्यालयका शिक्षक विष्णुप्रसाद बस्यालले जानकारी दिए ।

    जिल्लाका सामुदायिक र संस्थागत गरी १० विद्यालयले भाग लिएको प्रतियोगिताका विजयी विद्यालयले क्रमशः १२ हजार, ९ हजार, ६ हजार र ३ हजार नगद पुरस्कार पाएका प्रतियोगिताका संयोजक गणेश भण्डारीले जानकारी दिए । 

    कार्यक्रममा निर्णायकहरु लक्ष्मण खड्का, दामोदर बस्याल र सीता राना तथा गायक नारायण लेकाली, विष्णु कंडेल, गायिका कल्पना कुसुम लगायतले दोहोरी गीत, भजन र नृत्य प्रस्तुत गर्दै विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij