२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

तिलोत्तमा चेम्बर अफ कमर्शको चौथो अधिवेशन पुस १४ मा

आइतवार , पौष १, २०८०

  • 958
    Shares
  • 958
    Shares
  • तिलोत्तमा, १ पुस । 
    तिलोत्तमा चेम्बर अफ कमर्सको दशौं साधारण सभा तथा चौथो अधिवेशन यही पुस १४ गते हुने भएको छ । तिलोत्तमाको मंगलापुरस्थित रामजानकी मन्दिरको सभाहलमा हुने अधिवेशनको तयारी तीव्र पारिएको संस्थाका अध्यक्ष बाबुलाल भुसालले जानकारी दिए ।

    अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृव चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यज्ञ गैरे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले निर्वाचन तालिका प्रकाशन गरी आफ्नो काम अगाडि बढाएको संयोजक गैरेले बताए ।

    तिलोत्तमा चेम्बर अफ कमर्शमा करिब साढे ६ सय व्यवसायी आवद्ध छन् । संस्थाका अध्यक्ष भुसालले व्यवसायीहरुको हकहित र सुरक्षाका लागि संस्थाले भूमिका निर्वाह गर्दै आएको बताए ।