२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

तिलोत्तमा सर्फ उद्योग सुरु, बजारीकरणका लागि सबैको सहयोग आवश्यक

मंगलवार , पौष ३, २०८०

तिलोत्तमा, ३ पुस । रुपन्देहीको तिलोत्तमा नरपालिका वडा नम्बर ६ स्थित पुर्वी पहुनीमा तिलोत्तमा सरफ उद्योग सुरु भएको छ । मंगलबार उद्योगको एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले उद्घाटन गरेका छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले एक वडा एक उद्योग स्थापना हुनेमा आफू विश्वस्त भएको बताए । उनले तालिम पश्चात एक/एक वटा उद्योग स्थापना गर्न वडाअध्यक्षहरुलाई आग्रह गर्दै यसको लागि आफूले सक्दो सहयोग गर्ने बताए।

नगर उपप्रमुख चौधरीले महिला उद्यमशिलता प्रर्वद्धनमा तिलोत्तमा नगरपालिका जहिले पनि तयार रहेको बताइन्। ६ जना महिलाहरुले स्थापना गरेको यो उद्योगमा सरफ, फिनेल, हेन्डवास, डिस वास, हार्पिक लगायतका वस्तु उत्पादन गरेको समूहकी अध्यक्ष सुना श्रीसले जानकारी दिइन् । अध्यक्ष सुना श्रीषका अनुसार उद्योगमा हालसम्म १० लाख २७ हजार बढीको लगानी भएको छ ।

उद्योगमा सुना श्रीससँगै गंगा थापा श्रीस, भगवती घर्ती, जुमना ज्ञवाली, सीता श्रीस, बुद्धिमाया विक रहेका छन् । अहिले १२ क्विन्टल सरफ, ७ सय लिटर फिनेल, ह्यान्डवास ३ सय लिटर, ढिस वास ४ क्विन्टल बराबरको निर्माण गरेका छन् ।  ३ लाख २७ हजार रुपैयाँ बढीको अहिले तयारी उत्पादन विक्री  अवस्थामा रहेको छ । 

IMG_1532.JPG

तिलोत्तमा नगरपालिका अन्तरगत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा तथा तिनपा ६ को कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा कञ्चनजंगा लघु उद्यमी समुहले उक्त सर्फ उद्योग सञ्चालन गरेको थियो । उनीहरुले कुन्जल ब्राण्डको सर्फ, हार्पिक, फिनेल, हेन्डवास, डिसवासल लगाएतका बस्तु उत्पादन गर्दै आएका छन् ।

तिलोत्तमा नगरपालिका वडा नबर ६प्याकेजिङ्ग मेसिन र तौल लिने मेसिन अनुदान स्वरुप उपलब्ध गराएको छ भने वडा नम्बर ६ को कार्यालयबाट थप २ लाख ५० हजार रुपैयाँ केमीकल तथा मेटिरियल्स खरिदका लागि सहयोग गरेको छ ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले स्थानी तहमा स्थापना भएका यस्ता उद्योगले राष्ट्रियस्तरसम्म आफ्नो पहिचान बनाउन सक्ने र रोजगारीको समेत अवसर सृजना हुने बताए । उनले उद्योगबाट उत्पादित वस्तुलाई प्रयोग गरी हौसला प्रदान गर्नुपर्ने बताए ।उनले महिलाहरुले उत्पादन गरेको वस्तु विक्रीका लागि वडाबाट सहजीकरण गरिने बताए ।

IMG_1530.JPG

कार्यक्रम तिलोत्तमा नगरपालिकाको उद्यम विकास सहजकर्ता शान्ता बिकको सञ्चाजन, बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेकाे स्वागत तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।