
बुधवार , पौष ४, २०८०
बुटवल, ४ पुस ।
लायन्स क्लब अफ बुटवल स्टार्सले बंगलादेशको क्लबसँगको सहकार्यमा त्यहाँ खाद्यान्न वितरण गरेको छ । बंगलादेशको ढाकामा लायन्स क्लब अफ ढाका ईन्जीनियर्स र लायन्स क्लव अफ ढाका वन प्लसको सहकार्यमा खाद्यान्न वितरण गरिएको लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगलले जानकारी दिए ।
अण्डर ग्लोबल केसः हंगर रिलिफ कार्यक्रम अन्तर्गत खाद्यान्न वितरण गरिएको क्लबले जनाएको छ ।
लायन्स क्लब ईन्टरनेशल डिष्ट्रिक ३२५ (पी) का एलसीआईएफ कोर्डिनेटर सन्दीप कसौधन, सिनिर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठ, डिष्ट्रिक चिफ एम.एल( पाण्डे, क्लबका अध्यक्ष रिंकु लिगत लगायतको सहभागीतामा खाद्यान्न वितरण गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij