images

सोमवार, बैशाख १७ गते २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्नु लज्जाको विषय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्नु लज्जाको विषय

images
images
images
बिहिवार, पौष ५ २०८०
बिहिवार, पौष ५ २०८०
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्नु लज्जाको विषय

    वि.स. २०२३ फागुन १७ गते तत्कालीन युवराज वीरेन्द्र शाहबाट उद्घाटन भएको भैरहवा विमानघाटको करित्र आधा शताब्दी भन्दा बढी वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा आफ्नो अस्तित्व कायम गर्न सफल भएको छ । भैरहवा विमानघाट सुरुवात पश्चात क्रमसः भैरहवा रुपन्देहीको आर्थिक तथा पर्यटकीय विकासको निरन्तरताको क्रम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा परिणत भएपछि रुपन्देही जिल्ला, लुम्बिनी प्रदेशको मात्र नभइ राष्ट्रकै आर्थिक विकासको सम्वाहक हुने अशामा रुपन्देहीका जनता आश्वस्त भएका थिए ।  गणतन्त्रका तत्कालीन प्रधानमन्त्रीहरुबाट शिलान्यास तथा उद्घाटन गरिएको तथा राष्ट्रकै गौरवको आयोजनाको रुपमा रहको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी र दिगो सञ्चालनले पवित्र स्थल लुम्बिनी मात्र नभइ समग्र लुम्बिनी प्रदेशको पर्यटकीय विकासमा मात्र नभएर देशकै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने भनिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा राज्य सञ्चालकहरु उदासिन किन भइरहेका छन् उनीहरुलाई नै थाहा होला ?

    images

    जनताको पसिनाको करबाट उठाएको पैसा र त्यही करबाट ऋण र व्याज तिर्ने गरी करिव ४३ अर्ब लगानी लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण सम्पन्न भएर पनि निरन्तर सञ्चालन हुन नसक्नुको विषयले मुख्य गरी विमानस्थलको निर्माणको खोक्रो जस लिन हानथाप गर्ने सरकार सम्बद्ध राजनीतिक दलहरु, विपक्षी दलहरु र समग्र राज्य सञ्चालकहरुलाई लाज लाग्नु पर्ने हो वा चिन्ता लाग्नुपर्ने हो । चुनावको बेला हामी विमानस्थल सञ्चालन गर्छौ भन्नेहरु अहिले कहाँ छन् आम नागरिकहरुले खोजीरहेका छन् ।

    देश र जनताको वा स्थानीय विकासको लागि हामी भन्दा कोही छैन् भन्नेहरु राजनीतिक दलहरु किन स्वतस्पूmर्त रुपमा विमानस्थलको निरन्तर र दिगो सञ्चालनका लागि अगाडि बढ्दैनन् ।  हुन त अर्को निर्वाचन आउन अझै ४ वर्ष छ । यो माग त्यतिबेलाको लागि साचेर राखेको होलान् । जनताले तिरेको करको रकमलाई प्रयोग गरी भएका विकासका कार्यहरु मैले गरेको वा हाम्रा महान विकासप्रेमी  नेता ? ले गरेका भन्नेहरुका नेता ? हरु कुन दुनियामा छन् ।

    विमानस्थल स१चालनको माग तिनको माग किन बन्न सकेन यो उनीहरुमाथि भैरहवा र रुपन्देहीका आम नागरिकले गरेको प्रश्न हो ? रुपन्न्देही जिल्ला वा लुम्बिनी प्रदेशको मात्र नभइ नेपालको पर्यटन प्रवद्र्धनको लागि महत्वपूवर्ण सावित हुन सक्ने यो विमानस्थल सञ्चालन भय पश्चात पर्यटन क्षेत्रमा हुन सक्ने लाभका र प्रर्वद्धनका उद्देश्यसहित ठूलाठूला स्टार होटल र पर्यटन उद्योगमा निजी क्षेत्रको  पनि करिव अरबौ लगानीको अवस्था के हुने हो त्यो राज्यको लागि, सरकारको लागि पनि चिन्ताको विषय हुनुपर्ने हो ।

    तर, राज्य सञ्चालक र राज्यमा हालीमुहाली गरी तर मार्नेहरु कानमा तेल हालेर बसेका छन् । सरकार वा राज्य स्वयं विमानस्थल सञ्चालनको लागि लाग्नुपर्ने बेला रुपन्देहीका नागरिक, बुद्धिजीवि, विभिन्न व्यवसायिक संघ–सस्था तथा सामाजिक संगसस्थाहरु कानमा तेल हालेर  सुतिरहेको सरकार र राज्य सञ्चालकहरुलाई सुनाउन वा झक्झक्याउन शान्तिपूर्ण, ¥याली, धर्ना, तथा राज्यका कोठा कोठामा विमानस्थलको निरन्तर दिगो सञ्चालनको लागि ज्ञापनपत्र बुझाउँदै हिड्नुपरेको राज्य संचालक र सरकारको लागि लज्जाको र चुनौतीको विषय हो ।  यस्तो अवस्था सुन्दा वा देख्दा देख्दै सरकारले विमनस्थलको सञ्चालनको लागि ठोष पूर्वाधारहरुको सुचिश्चिततासहित जहाजको व्यवस्था गर्नुपर्ने बेला कुनै राजनीतिक मागहरु सम्बोधन गर्ने तरिसहित सरोकारवाला निजी क्षेत्रलाई सिंहदरबारमा वार्ताको लागि बोलाउने र अनि सम्बन्धित मन्त्रीले अझै पनि सरकारी मातहतका कर्मचारीहरुलाई  ठोस कार्ययोजनासहित शिघ्र सञ्चालनको लागि निर्देशन दिदैछन् ।

    राज्यले लिएको ऋण र साँवाको भार तिर्न यो वर्ष करिब ३ खर्ब खर्च हुने कहालीलाग्दो अवस्था रहँदा रहँदै ऋण लिएर निर्माण गरेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आजसम्म सरकार स्वयं गम्भिर नहुनु र सरकारको ध्यानाकषर्ण गराउन आम नागरिक जाग्नुपर्ने अवस्था सृजना हुनु ज्यादै दुःखद विषय हो ।

    AFC.jpg

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र निरन्तरको सञ्चालनको लागि राष्ट्रिय ध्वजावाहक विमान वा कुनै निजी विमान मात्र विमानस्थल आउनुले सञ्चालनको निरन्तरताको र दिगोपनाको सुनिश्चितता हुन सक्दैन । यसको लगि विमानसहित उडानको लागि चाहिने पूर्वाधार वा नागरिकको लागि चाहिने आधारभूत पूर्वाधार सेवाहरु पूर्व क्षमतासहित अधिकारसम्पन्न श्रम स्वीकृती कार्यालय, श्रम गन्तव्य भएका मुलुक र मुख्य बौद्ध धर्मालम्वीहरुको बाहुल्यता भएका राष्ट्रहरुका भिषा सेन्टर कार्यालय, श्रम गन्तव्य भएका मुलुक र मुख्य बौद्ध धर्मालम्बीहरुको बाहुल्यता भएका राष्ट्रहरुका भिषा सेन्टर कार्यालय, मेनपावर कम्पनीहरुलाई स्थापनाका लागि प्रोत्साहन र स्थापनाको सुनिश्चित्तासहित सरकारी ध्वजावाहक नेपाल वायु सेवाबाट भैरहवा–दिल्ली  बौद्ध धर्मालम्बीहरुको बाहुल्य भएका मुख्य राष्ट्रमा गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य उडानको व्यवस्था गरिनुपर्दछ भने आम नगरिकहरुलाई त्रिभुवन विमानस्थलबाट उड्ने प्यासेन्जरको टिकट शुल्कको तुलनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उड्ने यात्रु (प्यासेन्जर) शुल्कमा उल्लेख्य कमी गरेर आर्कषण गर्ने नीति निर्माण गर्दै क्रमशः भैरहवा विमानस्थलबाट  राष्ट्रिय–अन्तराष्ट्रिय उडानहरुको संख्या वृद्धि गर्दै जाने र निजी सेवा प्रदायक संस्थाहरुले पनि गुणस्तरीय सेवाको प्रत्याभूतिको सुनिश्चितता प्रदान गर्नुपर्ने  देखिन्छ । करिबकरिब सडक पूर्वाधार र पर्यटन क्षेत्रसँग सम्बन्धित सबै पूर्वाधारहरु  रहेको नेपालको करिब मध्यभागमा रुपन्देही भैरहवास्थित राष्ट्रको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनले लुम्बिनी प्रदेशको आर्थिक विकामा अहम योगदान दिने सुनिश्चित छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij