images
images

शुक्रवार, जेठ ४ गते २०८१

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि अब सिधै प्रधानमन्त्रीसँग वार्ता’

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि अब सिधै प्रधानमन्त्रीसँग वार्ता’

images
images
images
बिहिवार, पौष ५ २०८०
बिहिवार, पौष ५ २०८०
  • ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि अब सिधै प्रधानमन्त्रीसँग वार्ता’

    भैरहवा, ५ पुस ।
    सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि उच्चस्तरीय टीम बनाएर सिधै प्रधानमन्त्रीसँग वार्ता गर्ने जनाएको छ । सञ्जालले वार्तापछि पनि मागको सुनुवाइ नभए बन्द, हडताल जस्ता कार्यक्रममा पनि उत्रिने चेतावनी दिएको छ ।

    images
    images
    images

    विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको सञ्जालले गत मंसिर २२ गते भैरहवामा दबाबमूलक र्‍याली निकालेको थियो । उक्त र्यालीमा लुम्बिनी प्रदेशका गृहमन्त्री, प्रदेश सांसदहरु, सिद्धार्थनगर नगरपालिकाका प्रमुख, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवालगायतको सहभागीता रहेको थियो ।

    आन्दोलन अन्तर्गत मंसिर २४ देखि सञ्जालले विमानस्थलको प्रवेशद्वार अगाडि धर्ना कार्यक्रम सुरु गरेको थियो । धर्ना सुरु गरेपछि सञ्जाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीलगायतलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले पुस २ गते विशेष बैठक लागि भन्दै बोलाएको थियो ।

    sanjal.jpg

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री र राज्यमन्त्रीबाट अबको २ महिनाभित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने आश्वासन पाएकाले अब धर्नाको कार्यक्रमलाई परिवर्तन गरी अन्य कार्यक्रम गरिने सिद्धार्थ सञ्जालका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले अबको पहिलो कार्यक्रम अन्तर्गत यस क्षेत्रका नागरिक समाज, संघ–संस्था, स्थानीय तह, प्रदेश र संघीय सांसद्, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री, उच्च पदस्थ व्यक्तिहरु बोलाएर वृहत छलफल तथा सभा गर्ने जानकारी दिए । 

    धर्नास्थलमा सिद्धार्थ सञ्जालले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री लगायतलाई बोलाएर भेला गर्छौं, त्यसबाट उच्चस्तरीय टीम बन्नेछ र त्यो टीमले काठमाडौं पुगेर सिधै प्रधानमन्त्रीसँग वार्ता गर्नेछ । पर्यटन मन्त्रालयबाट पाएको पत्र अनुसार छिट्टै नतिजा आउने प्रतिवद्धता व्यक्त गरिएको छ । ’

    धर्ना कार्यक्रम स्थगित नभइ धर्ना कार्यक्रमलाई परिवर्तन गरिएको उनको भनाइ छ । आन्दोलनको विकल्प नभएको उनले बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन हुनुपर्छ भनेर यहाँका उद्योगी, व्यवसायी, आम सर्वसाधारण, राजनीतिकर्मी सबैले आवाज उठाउँदै आएको बताए । उनले भने, ‘तर यसका बाबजुद पनि विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन सकेन । अरबौं लगानी भएको राष्टिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थलबाट अन्तर्राष्टिय उडान हुनुपर्छ भनेर आन्दोलन गर्नुपर्ने बाध्यता र परिस्थिति सायद यो संसारमा पहिलो घटना होला । ’

    लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका कतिपयले आन्दोलन र धर्नामा सँगै रहेर साथ दिएको र मन्त्री पद पनि छाड्न तयार भएको भन्दै आए पनि प्रदेश सरकारले यो विमानस्थलका बारेमा संकल्प प्रस्ताव ल्याउन नसकेको बताए ।

    Thakur.jpg

    सिद्धार्थ होटल एशोसिशयन अध्यक्ष तथा सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई क्षमता अनुरुप सञ्चालन हुन नदिनका लागि काठमाडौंमा सीमित केही ठूला व्यवसायीसहितको एउटा सिन्डिकेट समूहले काम गरिरहेको दावी गरे । 

    ‘पर्यटनमन्त्रीबाट नकारात्मक कुरा आयो’

    सबै क्षेत्रबाट सकारात्मक पहल हुँदाहुँदै सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा भएको बैठकमा पर्यटनमन्त्री सुदन किराँतीबाट नकारात्मक कुरा आएको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

    उनले भने,‘ माननीय मन्त्रीज्यूले भैरहवामा होटल छैन, पर्यटक बाटामा सुतेका छन्, अनि ट्याक्टरमा पर्यटक हिंडेका छन्, विमानस्थल अगाडि फोहार छ, बस्न सक्ने अवस्था छैन । त्यस्ता कुराहरु उहाँले लगभग १००–१५० (विशिष्ट व्यक्ति) समेत भएको हलमा गर्नुभयो । त्यसमा हाम्रो घोर आपत्ति रह्यो । मन्त्रीले मलाई यही रिर्पोटिङ आएको छ, ’भन्नुभयो । बैठकमा मन्त्री किराँतीबाट गैरजिम्मेवारी जवाफ पाएको उनले बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पर्यटनमन्त्रीले भ्रामक कुरा गर्नुभएको बताए । उनले भने, ‘उहाँ भ्रममा हुनुहुन्छ कि उहाँलाई भ्रमित पारियो । ’

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij