
शुक्रवार , माघ २३, २०७७
भैरहवा, २३ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज एकराज विश्वकर्माले माधव कुमार नेपाल माधव कुमार नेपालले नेपाली जनतालाई धोका दिएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सिद्धार्थनगर नगर कमिटीको विस्तारित बैठकलाई भैरहवामा सम्बोधन गर्दै विश्वकर्माले यस्तो बताएका हुन् ।
कहिल्यै पनि नेतृत्व नस्वीकार्ने १५ वर्षसम्म पार्टी प्रमुख हुँदा जहिले पनि केपी ओली प्रस्तावक भएर महासचिव बनाउने विश्वकर्माले भने, ‘अनि एक्लो अध्यक्ष हुँदा हराउन खोज्ने ९ औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने अनि हारेर पनि हार स्वीकार नगर्ने भाग सधै खोजिरहन मिल्छ ?
हारेर त हार स्वीकार्न पर्यो नि हारेर फेरी बराबरी भाग खोज्ने ? केपीले कहिलेसम्म सहयोग गर्ने ? अब गलत विचार गलत मनसायहरु गए राम्रो भयो । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख समेत रहेका नेता विश्वकर्माले भने, ‘अब ४/५ महिना पछि माथि केही नेता हुने तल कोही नहुने अवस्था माकुने, प्रचण्डहरुको हुन्छ अनि बल्ल थाहा हुन्छ ।
नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदीले नेकपामा केपी ओलीको सरकारले जनताका हितको पक्षमा काम गरेको बताए । जनतालाई रोजगारी र आत्मनिर्भर बनाएपछि जनताले को ठिक र को गलत छुट्याउने बताए । आजसम्म कसले काम गर्न रोकेको थियो अवरोध गरेको थियो प्रष्ट देखिएको सुवेदीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले टोलटोलमा रोजगार दिएको उनले बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देहीका सचिव विश्वराज बराल (अनुप)ले प्रधानमन्त्रीको कामले नेपाली जनतामा उत्साह आएको तर केही नेताहरुलाई पद र कुर्ची नपुग्दा बाहिर गएको बताए । जहाँनिर पद खोज्ने, नेतृत्व हत्याउन खोज्ने गरेका कारण प्रचण्ड र माधव नेपालहरु पदोलुपता कति रहेछन् भन्ने प्रष्ट भएको बताए । नेपाली जनताको आर्थिक विकासमा सरकारले खेलेको भूमिकालाई सधै अवरोध गर्नेहरु सडकमा जानु हांस्यास्पद भएको उनले बताए ।
नेकपाका केन्द्रीय सदस्य तुल्सीप्रसाद चौधरीले सत्य सत्य नै हुने बताए । सत्य सत्य भएका कारण जनताको साथ केपी ओलीको पक्षमा भएको बताए । सधैभरी जनतालाई झुट बोलेर अनाबश्यक नारा लिएर जाँदा जनताले अस्वीकार गर्ने प्रचण्ड, माधवले बुझे पनि अन्य सबै बिकल्पहरु उनीहरुको सकिएको चौधरीले बताए ।
नेकपाका केन्द्रीय सदस्य हितराज पन्थीले प्रचण्ड र माधवहरु केपीको अद्भुत काम गर्ने क्षमतासंग डराएको बताए । जनतासंग जाउँ कसका पक्षमा जनता छन् भन्दा डराएर कापेको पन्थीले बताए । सरकारलाई काम गर्न पनि नदिने अवरोध सधै गरिरहने अनि जनतालाई सास्ती दिएर बन्द गर्नु लोकतन्त्रकै अपमान भएको पन्थीले बताए ।
नेकपाका केन्द्रीय सदस्य राजेन्द्र प्रसाद पन्थीले केपी जनताको नेता भएर नै नेपाली जनताले अधिकतम भोट दिएको बताए । केपी ओली कामहरुलाई हेरेर जनताले भोट दिएको पन्थीले बताए ।
पार्टीका केन्द्रीय सदस्य भरत कुमार पोखरेलले नेकपामा शक्ति भएको बताए । विभिन्न उदाहरणहरु दिँदै पोखरेलले एकता प्रक्रियामा समस्या भएका कारण सही रिजल्ट नआएको बताए । एकताका विधिमा थुप्रै समस्या भएका कारण, व्यवहारमा नदेखिएका कारण अलग अलग भएको बताउँदै भने नेपालमा नेकपाबाहेक मान्छे नै छैनन् भन्ने देखिएको सत्य कुरा ढाक्न खोज्दा सारा मान्छे ओलीको पक्षमा लागेको बताए ।
प्रचण्डहरुले बुटवलमा चार हजार मान्छे देखाएको अब फागुन १ गते कस्तो हुन्छ सभा हामी दुई ढाई लाख जनता उतार्ने बताए । जनतालाई म्यासेज दिने हो हामीले नेपालमा केपी ओलीले नेतृत्व गरेको नेकपामा सारा जनताहरु लागेको प्रत्यक्ष देखिएको बताए ।
शाखा कमिटीका बैठकहरु सम्पन्न गर्ने, शाखा टोल समितिका बैठकहरु सम्पन्न गर्ने, घर दैलो अभियान चलाउने, सबैलाई यहि फागुन १ गते बुटवलमा नेकपाको विशाल आमसभामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन हुने सभामा अधिकतम सहभागी गराउने निर्णय गरिएको, नगर शाखा पुर्नगठन र गठन र विस्तारलाई कार्ययोजनासहित अगाडी बढ्ने बैठकले निर्णय गरेको केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य पम्फावती खनाल, प्रदेश विभाग सदस्य डासुराम पाण्डे, नेकपाका जिल्ला सदस्य घनेन्द्र विक्रम पाण्डे लगायतले बोलका थिए ।
नेकपाका जिल्ला सचिवालय सदस्य तथा नगर सह–इञ्चार्ज प्रेम कुमार सेञ्चुरीको अध्यक्षतामा, नेकपाका जिल्ला सदस्य ध्रुव अधिकारीको स्वागत मन्तव्य र नेकपा सिद्धार्थनगर नगर कमिटीका सचिवालय सदस्य तथा विद्यार्थी इञ्चार्ज चक्र बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij