२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

राष्ट्रिय भन्सार एजेन्ट परिषद रुपन्देहीमा अर्याल

शनिवार , पौष ७, २०८०

भैरहवा, ७ पुस । 
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन गरिएको छ । परिषदको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले सुर्य नारायण अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । 

परिषदको वरिष्ठ उपाध्यक्षमा सुमन शर्मा, उपाध्यक्षमा बाँकेप्रसाद भेडिघर(नविन पाल), सागर भण्डारी, सचिवमा देवराज न्यौपाने, सह–सचिवमा हेमाकुमारी शर्मा र कोषाध्यक्षमा अशोक शर्मा रहेका छन् । 

त्यसै गरी सदस्यहरुमा रवि गौतम, गोबिन्द रेग्मी, अमनकुमार गुप्ता, उमेश पोखरेल, नेत्र भट्टराई, राजु बस्नेत, विनोद तेली, धर्मराज अर्याल, दीपक न्यौपाने र राजु अधिकारी चयन भएका छन् । 

साधारणसभा तथा अधिवेशनको राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका राष्ट्रिय अध्यक्ष भोलानाथ अर्यालले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष अर्यालले भन्सार एजेण्टलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न माग गर्दै यसलाई थप मर्यादित बनाउँदै लैजानुुपर्नेमा जोड दिए ।