images

सोमवार, बैशाख १७ गते २०८१

साई ग्लोबलमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत

साई ग्लोबलमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत

images
images
images
आइतवार, पौष ८ २०८०
आइतवार, पौष ८ २०८०
  • साई ग्लोबलमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत

    भैरहवा, ८ पुस ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ (भैरहवा) स्थित साई ग्लोबल सेकेण्डरी स्कूल एण्ड कलेजमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कक्षा ११ दिवा समूहका नवआगन्तुक विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमकाबीच कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका हुन् ।

    images

    भैरहवामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि साई ग्लोबल एकेडेमीका अध्यक्ष हरि बहादुर थापाले कक्षा ११, १२ पढ्ने समय भविष्य बनाउने महत्वपूर्ण समय भएको बताए । उनले सही ठाउँ रोज्न नसकिए भविष्यमा पश्ताचाप गरेर केही नहुने बताए । उनले भने, ‘समय बलवान छ । समयले नेटो काटेपछि फर्केर आउँदैन । विद्यार्थीको भविष्यसँग विद्यार्थीको परिवार र समाजको भविष्य पनि जोडिएको छ ।

    अध्यक्ष थापाले विद्यार्थी देशको कर्णधार भएकाले यो देशको भविष्य विद्यार्थीहरुको हातमा रहेको बताए । उनले आफ्नो लागि मात्र सोच्न नहुने र आफूले जानेका कुरा मात्र ठीक छन् भनेर सोच्न नहुने बताए । उनले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई साई ग्लोबललाई रोजेको भन्दै धन्यवाद दिए ।

    ht.jpg

    कार्यक्रममा साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेल, प्राचार्य कौशल राज गौतम, शिक्षक कृष्ण बस्याल, विद्यार्थी माही राव, सृष्टि यादव, आकाश कुमार गुप्ता लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

    कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थी अमृत लामिछानेको स्वागतमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुको नृत्य र गायन प्रस्तुति रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij