images

सोमवार, बैशाख १७ गते २०८१

बुटवल मेलामा दर्शकहरुको उत्साहजनक सहभागीता

बुटवल मेलामा दर्शकहरुको उत्साहजनक सहभागीता

images
images
images
आइतवार, पौष ८ २०८०
आइतवार, पौष ८ २०८०
  • बुटवल मेलामा दर्शकहरुको उत्साहजनक सहभागीता

    बुटवल, ८ पुस ।
    रुपन्देहीको बुटवलमा जारी लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकहरुको उत्साहजनक सहभागीता भएको छ । मेला आयोजक रुपन्देही व्यापार संघका अनुसार पुस ५ गतेदेखि सुरु मेलामा दर्शक सहभागीता उल्लेख्य देखिएको हो ।

    images

    ४ दिनमा करिब ८० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । ‘शनिबार बिदाको दिन मात्रै करिब ४० हजार दर्शक भित्रिएका थिए’–उनले भने, ‘हालसम्म मेला अवलोकन गर्नेको संख्या ८० हजार नाघेको छ । 
    विशेष गरी मेलाको साँस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण बढ्दै गएको छ । मेलामा कलाकारहरुको प्रस्तुती हेर्न दर्शकहरु झुम्मिने गरेका छन् ।

    मेलामा साँस्कृतिक कार्यक्रमतर्फ आइतबार लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, गायिका श्रृजना खत्री, लोकदोहोरी गायक दीपु मगर, विष्णु सिंजाली मगर र गायिका संगिता चितौरेले आ–आफ्नो प्रस्तुती देखाएका छन् । 

    त्यस्तै राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा र राष्ट्रिय लोक भजन दाङबीच प्रतिष्पर्धा भएको छ । जसमा पाल्पा विजयी भएको साँस्कृतिक कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिए । 

    ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको मेलाले यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन् । 
    लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन, उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं साँस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न मेलाले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन् ।

    मेला मूल आयोजक समितिका सदस्य सचिव संघका महासचिव दयानिधी भण्डारीले मेलाबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं साँस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रचारप्रसार समितिका संयोजक फर्सुराम पन्तले मेलाका अवसरमा विभिन्न क्षेत्रलाई समेटेर गोष्ठीको समेत आयोजना गरिएको बताए ।

    महोत्सवको १० लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij