
सोमवार , पौष ९, २०८०
भैरहवा, ९ पुस ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२ औं वार्षिक साधारण सभाबाट सञ्चालकमा ज्ञानु पौड्याल निर्वाचित भएकी छन् । आइतबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार लुम्बिनी प्रदेश सञ्चालकमा १ हजार ३ सय २३ मत प्राप्त गरी जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देहीकी अध्यक्ष पौड्याल निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिष्पर्धी हाम्रो मध्यवर्ति साकोस, बर्दियाका नवराज न्यौपानेले ८७० मत प्राप्त गरे ।
सञ्चालकमा निर्वाचित भएकी पौड्यालले सहकारीको क्षेत्र काम गर्ने थप उर्जा प्रदान भएको बताइन् । उनले सहकारी क्षेत्रमा आफ्नो क्रियाशिलतालाई अझ बढाउँदै जाने र सहकारीको विकासका लागि सक्दो काम गर्दै जाने बताइन् ।
दोस्रो कार्यकालको लागि जनउत्थान सहकारीमा अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेको पौड्याल सामाजिक एवं महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा पनि क्रियाशिल छिन् । उनी नमूना एकीकृत विकास परिषद्की कार्यकारी निर्देशक समेत हुन् ।
(नेफ्स्कून) को ३२ औं वार्षिक साधारणसभा काठमाडौंमा भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij