२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

देउसीभैलोबाट संकलित रकमबाट आवश्यक सामग्री खरिद

सोमवार , पौष ९, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ९ पुस ।
    दिदी बहिनी समूह बेलहियाले देउसीभैलो कार्यक्रमबाट संकलित रकमबाट आवश्यक सामग्री खरिद गरेको छ । समूहले विवाह, व्रतबन्ध, पूजालगायत उत्सवहरुमा आवश्यक पर्ने एकलाख रुपैयाँ बराबरको सामान खरिद गरेको अध्यक्ष मनु गुरुङले बताइन् । भाडा, प्लाष्टिक कुर्सी, ग्यास चुलो लगायत सामग्री खरिद गरिएको उनले बताइन् ।

    ‘संस्थाले खरिद गरेका सामग्री समाजमा नै सदुपयोग हुने विश्वास गरेको छौं, ’उनले भनिन् । सामग्री दिदी बहिनी समूहको कार्यालयमा राखिएको र गाउँ समाजको आवश्यकता अनुसार उपलब्ध गराइने उनले बताइन् ।

    विभिन्न सामाजिक कार्य गर्दै आएको दिदी बहिनी समूह बेलहियाले देउसीभैलोबाट संकलित रकम सदुपयोग गर्नु सराहनीय रहेको स्थानीय सामाजिक अगुवा माधव शर्माले बताए ।