२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी भ्रमण गर्ने सिक्किमका सामाजिक विकास मन्त्रीको प्रतिवद्धता

सोमवार , पौष ९, २०८०

सिक्किम, ९ पुस ।
भारतको सिक्किम सरकारका सामाजिक विकास मन्त्री सन्चित खरेलले उपयुक्त समय मिलाएर शान्तिका अग्रदुत बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पेलिङ पर्यटन महोत्सवमा भाग लिन आएको लुम्बिनी प्रेस क्लबको टोलीले सोमबार दिएको निमन्त्रणापत्र स्वीकार गर्दै मन्त्री खरेलले लुम्बिनी भ्रमणका लागि आफू ईच्छुक रहेको बताए । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसहितका मन्त्रीहरुलाई बुद्धभूमिमा निमन्त्रणा गर्न लुम्बिनी प्रेस क्लबका तर्फबाट सल्लाहकार कुलमणि ज्ञवाली र कार्यसमिति सदस्य बिष्णु प्रसाद भट्टराईले निमन्त्रणा पत्र दिएका थिए । 

सो अवसरमा मन्त्री खरेलसहित सीप विकास मन्त्री भीम हाङ लिम्बु र सांसद इन्द्र हाङ लिम्बुलाई नेपाली टोपी र खादा लगाई लुम्बिनी प्रेस क्लबले सम्मान गरेको थियो । महोत्सवमा रहेको लुम्बिनी प्रेस क्लबको स्टलको मन्त्रीद्धय खरेल, लिम्बुलगायतले अवलोकन गरेका थिए ।