२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

तिलोत्तमा उद्योग व्यापार संगठनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

बुधवार , पौष ११, २०८०

रुपन्देही, ११ पुस । 
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारीस्थित प्रभात आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तिलोत्तमा उद्योग व्यापार संगठन, रुपन्देहीले बुधबार विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेको हो ।

संगठनको वार्षिक कार्ययोजना अन्तरगत उक्त विद्यालयका तीन दर्जन गरीब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको कार्यक्रम संयोजक कमला चौधरीले जानकारी दिइन् । 

विद्यार्थीलाई पोशाक वितरण गर्दै संगठनका अध्यक्ष प्रेमबहादुर घर्तीले संगठनले सामाजिक उत्तरदायित्व पूरा गर्ने विभिन्न कार्यक्रम अन्तरगत विद्यार्थीलाई पोशाक वितरण गरिएको बताए । उनले संगठनको सहयोगले जाडोयाममा विद्यार्थीलाई सहज हुने विश्वास व्यक्त गरे ।

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रितादेवि ज्ञवालीले सामाजिक उत्तरदायित्व बोध गरेर संगठनले विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेकोप्रति आभार व्यक्त गरिन् । आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा गरेको उनको भनाइ छ । 

उद्योग ब्यापार संगठनका रविन जोशीले विभिन्न सामाजिक क्षेत्रमा संस्थाले काम गरिरहेको भन्दै आगामी साता स्वास्थ शिविर समेत गरिने उल्लेख गरे ।