२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

इन्द्रेणी सहकारीमा पदस्थापन कार्यक्रम सम्पन्न

बुधवार , पौष ११, २०८०

बुटवल, ११ पुस । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यको लाभ र उपलब्धीमूलक कार्यलाई थप विस्तार गर्दै आगामी वर्षलाई ‘शेयर सदस्य हितकर’ योजना अगाडि बढाउने भएको छ । 

संस्थाको २५ औं वार्षिक साधारण भा तथा १० औं  अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित समितिले शेयर सदस्य हितकर योजना ल्याउने बताएको हो । 

अघिल्लो धुर्वकुमार धितालको अध्यक्षतामा बनेको समितिबाट पदभार ग्रहण गर्दै नवनिर्वाचित कृष्णप्रसाद अर्याल नेतृत्वको समितिले सदस्य हितकर र उत्पादनमुलक कार्यक्रमलाई विशेष योजनाका साथमा अगाडि बढाउने बताएको हो । 

पदस्थापनपछि अध्यक्ष अर्यालले सहकारीमा नयाँ ऋणीको पहिचान गरेर उत्पादन क्षेत्रमा लगानी गर्ने वातावरणको सृजना गर्ने बताए । एक वर्षमा उद्देश्यमुलक काम गर्ने, उत्पादन र बजार क्षेत्रमा काम गर्ने सदस्यको हितका लागि ब्याजदरमा पुनर्विचार गर्ने, सदस्यता विस्तार उनीहरुकै चाहनाअनुसारका कार्यक्रम अगाडि सार्ने लगायतका योजना भएको उनले बताए ।

निर्वाचन समितिका संयोजक डिलबहादुर थापाको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, इन्द्रेणीका संरक्षक भुपाल कुमार श्रेष्ठ, पूर्वअध्यक्ष शिवलाल राना, मित्र बहादुर शाक्य, निर्वाचन समिति सदस्य गणेश अधिकारीलगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए । 
निर्वाचन समिति सदस्य अधिवक्ता जिवनारायण अधिकारीको सञ्चालनमा भएको पदस्थापन कार्यक्रममा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले शपथग्रहण गरेका थिए ।

१० औं अधिवेशनले अर्यालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको थियो । जसको उपाध्यक्षमा माया गौतम, सचिवमा नरबहादुर रजाली, कोषाध्यक्षमा कृष्ण प्रसाद अर्याल (ख) लगायतलाई सर्वसम्मत निर्वाचित गरेको व्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए ।