२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रोयल इनफिल्ड मेटेओर बाइकको बुटवलमा विक्री शुभारम्भ

बुधवार , पौष ११, २०८०

बुटवल, ११ पुस  ।
रोयल इनफिल्ड बुटवलको आधिकारिक विक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले रोयल इनफिल्ड मेटेओर बाइकको बुटवलमा बुधबार लञ्च गरेको छ । कम्पनीले आज मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरेको हो । 

कम्पनीका अध्यक्ष प्रेमराज गैरे र सञ्चालक लक्ष्मी गैरेले बुटवलस्थित कालिकानगरमा रहेको रोयल इनफिल्डको शोरुममा मोटरसाइकल विक्री शुभारम्भ गरेका हुन् ।

शुभारम्भ गर्दै अध्यक्ष प्रेम गैरेले नयाँ मेटेओर बाइक इजि क्रुजर र कम्फर्टका हिसाबले खास गरी सहर र राजमार्गमा लामो यात्राका लागी रोजाइमा पर्ने बताए । उक्त रोयल इनफिल्ड मेटेयोर ३५० फायरबल सिरिज, स्टेल्लर सिरिज र सुपर नोभा सिरिज गरी जम्मा तीन सिरिजमा उपलब्ध हुने अध्यक्ष गैरेले बताए ।  

मोटरसाइकलको प्रारम्भिक मूल्य ५ लाख ५० हजार रुपैयाँदेखि ५ लाख ६५ हजारसम्म रहेको उनले जानकारी दिए । विभिन्न कलरमा उपलब्ध उक्त मोटर बाइक ३४९ सिसिको र सिंगल क्लाइन्डर, फ्युल इन्जेक्टर, कुल एयर इञ्जिन  जसले धेरै क्षमतामा २०.२ बि .एच .पि, मेक्सिमम टोक २७ न्युटन मिटर जेनेरेट गर्ने प्रा.लि.का प्रमुख प्रबन्धक ध्रुव सापकोटाले जानकारी दिए । 

गैरे प्रतिष्ठान प्रा.लि.ले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल यस वर्ष विभिन्न समयमा लञ्च गरेको गरिसकेको छ ।