भैरहवा, १२ पुस ।
अंग्रेजी नयाँ वर्षको पूर्व संध्यामा होटल पौवाले भैरहवा शाखामा न्यू इयर इभ २०२४ गर्ने भएको छ । नेपाली स्वाद, नेपाली संस्कृति र रैथाने परिकारको ब्राण्डिङ गर्दै आएको पौवाले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्न भैरहवामा न्यू इयर इभ गर्न थालेको हो ।
होटल पौवाका अनुसार पुस १५ गते साँझ आयोजना हुने इभमा नेपाली आधुनिक संगीत क्षेत्रकी चर्चित गायिका रचना रिमाल र लोक गायक पशुपति शर्माको प्रस्तुती रहनेछ भने अमित बरालको ब्याण्डसहित ख्यातीप्राप्त स्थानीय कलाकारहरुले इभमा मनोरञ्जन प्रदान गर्नेछन् ।
प्रवेश निःशुल्क रहने इभमा प्रवेश गर्ने ग्राहकहरुका लागि एकैपटक १ हजार जनालाई पूर्ण सेवा दिन सकिने गरी व्यवस्थापन गरिएको पौवाका जनसम्पर्क तथा ब्राण्ड प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।
नेपाली परिकार र परम्परागत नेपाली सत्कारलाई आत्मसाथ गर्दै सेवा प्रदान गर्दै आएको पौवाले अंग्रेजी नयाँ वर्षमा पनि सम्पूर्ण नेपालीपाराको सत्कार, परिकार र सेवा प्रदान गर्ने तयारी गरिएको पौवा भैरहवाका प्रबन्धक गिरीराज पाण्डेले बताए ।
पौवाले नेपाली चाडपर्व, भाषा संस्कृति विशेष र जनजातीहरुको मौलिक परम्पराहरुमा विशेष कार्यक्रम गर्दै आएको छ । नेपाली हस्पिटालिटीको मूल उद्देश्यका साथ २०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १२ वटा शाखा रहेका छन् भने १३ औं शाखाका रुपमा नेपालगंजमा निर्माण कार्य सुरु गरिएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए ।