
शनिवार , पौष १४, २०८०
भैरहवा, १४ पुस ।
रुपन्देही प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १२ स्थित लोखडियाबाट रु. ४ लाख ७१ हजार मूल्य बराबरको अवैध प्याज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ३९ बोरा (१ हजार ५ सय ६० केजी) प्याज बरामद गरेको हो ।
शुक्रबार बरामद गरिएको प्याज र प्याज लोड गरिएका मोटरसाइकल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।
बेवारिसे अवस्थामा फेला परेको प्याज स्थानीयबासीको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको डीएसपी भट्टले जानकारी दिए । मोटरसाइकल ७ वटा नेपाली नम्बर र एउटा भारतीय नम्बर प्लेटका छन्।.
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij