
शनिवार , पौष १४, २०८०
भैरहवा, १४ पुस ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो ९ औं स्थापना दिवसको अवसरमा पत्रकार मनोरञ्जन शर्मालाई नगदसहित सम्मान गरेको छ । क्लबले ‘लुम्बिनी प्रेस रत्न–२०८०’ बाट नगद रु. २५ हजार राशीसहित क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील शर्मा कारोबार दैनिक र न्यूज ओकेमा आबद्ध छन् ।
स्थापना दिवस समारोहका कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष श्यामशंकर पाण्डेले पत्रकारिता क्षेत्रको विकासमा र क्लबको उत्थानमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको बताए ।
शनिबार भैरहवामा आयोजित समारोहमा शर्मालाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी लगायतले उक्त पुरस्कार प्रदान गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij