
आइतवार , पौष १५, २०८०
काठमाडौँ, १५ पुस । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुन आज १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ । आज महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाकाे १४ सय ५५ रुपैयाँ कायम भएकाे छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij