२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

प्रदेश १ : सत्तापक्षका सांसदद्वारा बैठक अबरुद्ध, फागुन ९ गते सम्मका लागि स्थगित

आइतवार , माघ २५, २०७७

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका सांसदहरुले प्रदेश १ को प्रदेश सभा बैठक अबरुद्ध गरेका छन्। 

    सत्तापक्षका सांसदले प्रदेशसभा बैठक अबरुद्ध गरेपछि बैठक फागुन ९ गते सम्मका लागि स्थगित गरिएको छ। सांसद्को विरोधपछि सभामुख प्रदीप भण्डारीले बैठक फागुन ९ गतेसम्मका लागि स्थगित गरे।

    ओली समूहका सांसद्ले मुख्यमन्त्री शेरधन राईले कारबाही गरेका १६ सांसद्लाई प्रदेशसभा बैठकमा प्रवेश दिएको भन्दै विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो। 

    ओली समूहका सांसद्हरूले मुख्यमन्त्री राईले कारबाही गरेका १६ सांसद्लाई बाहिर निकालेर बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए। त्यसको नेकपाकै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका सांसद्हरूले प्रतिरोध गरेका थिए।

    आइतबार दिउँसो २ बजेका लागि बोलाइएको संसद् बैठक झण्डै दुई घण्टापछि दिउँसो ४ बजे सुरु भएको थियो। 

    प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश हुने भएपछि सत्तारूढ समूहले बैठक अवरुद्ध गरेको अर्को पक्षको आरोप छ। 
    यसअघि आजै बसेको कार्यव्यवस्था समितिको बैठकमा सत्तारूढ नेकपा ओली समूहका सांसद्हरूले सूचना टाँसेर संसद् बैठक रोक्न माग गरेका थिए। तर, नेकपा दाहाल–नेपाल समूहको जोडबल गरेपछि बैठक बसेको थियो।