images

सोमवार, बैशाख १७ गते २०८१

कला र संस्कृतिको संरक्षणमा होटल पौवा

कला र संस्कृतिको संरक्षणमा होटल पौवा

images
images
images
मंगलवार, पौष १७ २०८०
मंगलवार, पौष १७ २०८०
  • कला र संस्कृतिको संरक्षणमा होटल पौवा

    भैरहवा, १७ पुस ।
    होटल पौवाले कला र संस्कृति संरक्षणलाई जोड दिएको छ । पौवामा कार्यरत प्रत्येक कर्मचारीले प्रत्येक दिन राष्ट्रिय पोशाक लगाएर काम गर्दै आएको पौवाका जनसम्पर्क तथा ब्राण्ड प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

    images

    ‘यति मात्र नभएर पौवाले विभिन्न चाडपर्वमा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । हरितालिका तीज, शिवरात्री, माघी, खिर खाने, चिउरा खाने दिनमा विभिन्न कार्यक्रम गर्दै आएको छौं । सराय नाच प्रदर्शन कार्यक्रम पनि हुँदै आएको छ, ’भण्डारीले भने । नेपाली स्वाद, नेपाली संस्कृति र रैथाने परिकारको ब्राण्डिङ गर्दै आएको पौवाले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्न नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम गर्दै आएको उनले बताए ।

    नेपाली परिकार र परम्परागत नेपाली सत्कारलाई आत्मसाथ गर्दै सेवा प्रदान गर्दै आएको पौवाले अंग्रजी नयाँ वर्षमा पनि सम्पूर्ण नेपालीपाराको सत्कार, परिकार र सेवा प्रदान गर्दै आएको होटल पौवा भैरहवाका प्रबन्धक गिरीराज पाण्डेले बताए । ‘पौवाले नेपाली चाडपर्व, भाषा संस्कृति विशेष र जनजातीहरुको मौलिक परम्पराहरुमा विशेष कार्यक्रम गर्दै आएको छ, ’पाण्डेले भने ।

    ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रलाई आत्मसाथ गरेको होटल पौवा ग्राहकको रोजाइ बन्ने गरेको छ ।

    WhatsApp Image 2024-01-02 at 10.17.52 AM.jpeg

    पौवाले नेपालीपनलाई जोड दिएको दावी गरेको छ । पौवाले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारको प्रस्तुति हुने गरेको छ ।

    WhatsApp Image 2024-01-02 at 9.50.50 AM.jpeg

    नेपाली हस्पिटालिटीको मूल उद्देश्यका साथ २०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १२  वटा शाखा रहेका छन् । १३ औं शाखाका रुपमा बाँकेको नेपालगन्जमा निर्माण कार्य सुरु गरिएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए ।

    WhatsApp Image 2024-01-02 at 9.50.52 AM.jpeg 

    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका पूर्वअध्यक्ष समेत रहेका भैरहवाका गोविन्द प्रसाद गिरीले होटल पौवाले राम्रो आतिथ्य तथा सत्कार गर्दै आएको बताए । उनले भने, ‘अंग्रेजी नयाँ वर्षको पूर्व संन्ध्यामा होटल पौवा भैरहवाले आइतबार आयोजना गरेको न्यू इयर इभ–२०२४ मा दर्शक तथा ग्राहकको घुँइचो थियो । पौवाले उत्कृष्ट व्यवस्थापन गर्दै आतिथ्य सत्कार गरेको देखिन्छ । यसले पनि पौवा अगाडि छ भन्ने देखाउँछ ।’ आगामी दिनमा पनि उत्कृष्ट सेवालाई निरन्तरता दिन गिरीको आग्रह छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij