२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

एनजी आवासद्वारा तिलोत्तमामा ९९ लाख र सवा १ करोडमा घरहरु विक्री सुरु

बिहिवार , पौष १९, २०८०

भैरहवा, १९ पुस ।
रुपन्देहीको तिलोतमा नगरपालिकामा एनजी मार्केटले एनजी आवासमार्फत सुविधासम्पन्न घरहरु निर्माण गरी विक्री शुभारम्भ गरेको छ ।

सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल सडकखण्डको भलवारीदेखि ९ सय मिटर पुर्व एनजी आवासले सुविधासम्पन्न घरहरु निर्माण गरी विक्री सुरु गरेको कम्पनीका सञ्चालक नारायण बन्जाडेले बताए । एनजी आवास कम्पनीले दुई मोडलका घरहरु निमार्ण सुरु गरेको हो ।

कम्पनीले १० धुर जग्गामा रु.९९ लाखमा १८ सय ५० स्क्वार फुट क्षेत्रफल ओगटेको २ तले घर विक्रीमा राखेको छ । त्यसै गरी २४ सय स्क्वार फुट क्षेत्रफलमा बनेको साढे २ तले घरको मूल्य रु. १ करोड २५ लाख कायम गरी विक्री सुरु गरेको सञ्चालक बन्जाडेले जानकारी दिए ।

77e2693c-190b-4276-b3db-c57b1e91962c.jpeg

रु. ९९ लाख मूल्य कायम भएको सुविधासम्पन्न घरमा ४ बेडरुम, ३ वटा वाथरुम, १ लिभिड. हल, सिटिङ रुमसहित पार्किङको व्यवस्था रहेको कम्पनीले जनाएको छ । त्यसै गरी १ करोड २५ लाख रुपैयाँ कायम गरी विक्रीमा राखिएको घरमा ४ बेडरुम, ३ बाथरुम, १ लिभिङ रुम, सिटिङ रुम, बरण्डा, पार्किङ क्षेत्रफलसहित साढे २ तल्ले रहेको कम्पनीले जनाएको छ । 

cf5e6977-ff9a-410b-b3e6-c59d6d20fdf1.jpeg

कम्पनीले करिब १ सय वटा घर निर्माण गर्ने जनाएको छ । कम्पनीले ३० प्रतिशत रकम भुक्तानी गरेपछि खरीदकर्ताको नाममा जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गर्ने छ । भवन निर्माण ग्राहकको प्रत्यक्ष निगरानीमा पनि गर्न सकिने कम्पनीले जनाएको छ । राजमार्गदेखि भवन निर्माणस्थलसम्म पुग्न ३० फुटे पक्की सडकको सुविधा रहेको । त्यस्तै भवन निर्माण क्षेत्र बिसफुटे पक्की सडकमा रहेको कम्पनीले जनाएको छ ।