
शुक्रवार , पौष २०, २०८०
भैरहवा, २० पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार केसीले वृद्धावृद्धालाई कम्मल वितरण गरेका छन् । उनले सिद्धार्थनगर–६ अन्तर्गत भैयाटोल, किशोरपुर, अमरनाथ पथ र पिपरहियामा शुक्रबार कम्मल वितरण गरेका हुन् ।
चिसो मौसममा वृद्धवृद्धाहरुलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले कम्मल वितरण गरेको के.सी.ले बताए । उनले भने, ‘जाडो मौसममा विशेष गरी बालबालिका र वृद्धवृद्धा प्रभावित हुने गर्छन् । यही कुरालाई मध्यनजर गर्दै कम्मल वितरण गरेको हुँ ।’ उनले व्यक्तिगत रुपमा कम्मल वितरण गरेका हुन् ।
नेपाली कांग्रेस सिद्धार्थनगरका सचिव समेत रहेका केसीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएका छन् । पछिल्लो समय उनी वडामा हुने विभिन्न कार्यक्रममा सक्रिय छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij