
आइतवार , माघ २५, २०७७
भैरहवा, २५ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको प्रदेशस्तरीय आमसभा सफल बनाउन सिद्धार्थनगर वडा नम्बर ८ वडा कमिटिको भेला सम्पन्न भएको छ ।
भेलाले यही फागुन १ गते बुटवलमा हुने आमसभालाई सफल पार्न उमेश थापा मगरको संयोजकत्वमा १ सय ५१ सदस्यीय वडा समिति गठन गरिएको नेकपा जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज चक्र बहादुर थापाले बताए ।
वडाबाट १२ सय जना भन्दा बढी जनसहभागिता जनाउने संयोजक उमेश थापाले बताए । भेलालाई पार्टीका केन्द्रिय सदस्य राजेन्द्र प्रसाद पन्थी, भरत कुमार पोख्रेल लगायतले सम्बोधन गरेका थिए ।
नेकपा वडा अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता, सीता काफ्लेको स्वागत मन्तव्य र सचिव रामचन्द्र रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएका थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij