२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड बढी संकलन

शुक्रवार , पौष २०, २०८०

  • 967
    Shares
  • 967
    Shares
  • लुम्बिनी, २० पुस ।
    बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दोस्रोपटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए ।

    सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा पुस १७ गते दानपेटिका खोलिएको थियो ।

    मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाइएको छ । 
    पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन । यसअघि कार्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको थियो ।