२०८२, कार्तिक १० गते

Oct 27 2025 | २०८२, कार्तिक १० गते

दोस्रो रामग्राम महोत्सव आयोजना

शुक्रवार , पौष २०, २०८०

  • 913
    Shares
  • 913
    Shares
  • लुम्बिनी, २० पुस ।
    शान्तिका अग्रदूत गौतमबुद्धको एक मात्र अस्तुधातु रहेको नवलपरासीको रामग्राममा दोस्रो रामग्राम महोत्सव आयोजना गरिएको छ । यूथ बुद्धिष्ट सोसाईटी अफ इन्डिया (वाईबिसि) ले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर दोस्रो रामग्राम महोत्सवको आयोजना गरिएको हो । 

    महोत्सवको शुक्रबार संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिरिङ) ले दीप  प्रज्वलन गरेर उद्घाटन गरेका हु्न । उनले बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन नभइ अस्तु सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम भएको भन्दै यो संसारभरका बौद्धमार्गीहरुको साझा सम्पत्ति रहेको बताए । उनले बुद्धको एक मात्र अस्तु रहेको रामग्राममा आयोजना गरिएको महोत्सवले यसको महत्व झल्काएको बताए । उनले बुद्धको शिक्षा अभ्यासमा आधारित रहेकाले मानव र सिंगो प्राणीको हितमा रहेको बताए । 

    Ramgram 1.jpeg

    कार्यक्रममा यूथ बुद्धिष्ट सोसाईटीका राष्ट्रिय अध्यक्ष सुरेशचन्द्र बौद्ध, महासचिव भिक्षु डा. उपानन्द, कोरियन भिक्षु सुनिमले रामग्राम बुद्धको एक मात्र अस्तुधातु रहेको स्थान भएकाले बौद्धमार्गीहरुका लागि निकै महत्वपूर्ण स्थल रहेको बताए ।

    करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्तुधातुको संज्ञा दिएको भन्ने भनाइ छ ।

    बुद्धको महापरिनिर्वाण पश्चात् बुद्धको अस्तुधातु आठ भाग लगाइएको र त्यस मध्येको एक भाग रामग्राग रहेको हो ।  बुद्धको मामावली तर्फका प्राचीन कोलिय गणराज्य(रामग्राम)का राजाले आफ्नो भागमा पाएको अस्तु ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेको मान्यता रहेको छ ।