२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

रोहिणी गाउँपालिकामा राप्रपाको संगठन विस्तार

आइतवार , माघ २५, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २५ माघ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रोहिणी गाउँपालिका वडा नम्बर २ र ७ को भेला सम्पन्न भएको छ । वडा नम्बर २ को भेलाले कमर आलमको अध्यक्षतामा पुरानै समितिलाई चयन गरेको छ । त्यस्तै  वडा नम्बर ७ को भेलाले अन्नान भाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६१ जना राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    कमर आलम र अन्नान भाटको अध्यक्षता, राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अलीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य तोयानाथ लम्सालको विशिष्ट आतिथ्यता, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, राप्रपा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष सीताराम सिंह, नेताहरु वीर बहादुर क्षेत्री, आबिद अली पठान, शंकर खत्री, आशिष चौधरी, नाजिर अली, उमा राना, पद्यमा खत्री, मोबिन आलम, शम्भु यादव, माधव रिमाल, रियाज अहमद, अनिल चौधरी, प्रकाश ढाडी, गणेश यादव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।