२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

प्रोस्कूनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

आइतवार , पौष २२, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, २२ पुस ।
    प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कून) लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा शनिबार रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।

    साधारणसभाको नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्सकुन) का नवनिर्वाचत अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गरेका थिए ।

    प्रोस्कून लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्सकुनका नवनिर्वाचित अध्यक्ष ढकाल र सञ्चालक ज्ञानु पौड्याललाई सम्मान गरिएको थियो ।

    411337934_1050319519630404_3345865354308814935_n.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सहकारीमा रहेको बेथिति अन्त्य गर्न अभियान सञ्चालन गरिने बताए । विशेष अतिथि पौड्यालले लुम्बिनी प्रदेशको सहकारी अभियान अगाडि बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

    प्रोस्कून लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवालीको स्वागत, उपाध्यक्ष मिना सिग्देलको धन्यवाद ज्ञापन तथा महासचिव ऋषिराम सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देही बचत संघका अध्यक्ष बसन्त ढकाल, महेश्वर श्रेष्ठ, तारा काफ्ले, बन्दना पोख्रेल लगायतले बोलेका थिए ।

    बन्द सत्रमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा लेखा संयोजक कृष्ण चौहान क्षेत्रीद्वारा प्रस्तुत प्रतिवेदनमा छलफल गरी सुझावसहित प्रस्तावहरु पारित गरिएको प्रोस्कूनले जनाएको छ ।