
सोमवार , माघ २६, २०७७
भैरहवा, २६ माघ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले रुपन्देहीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीद्वारा गरिएको निर्वाचित प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगामी कदमविरुद्ध रुपन्देहीमा आइतबार सांझ ओलीको पुत्ला दहन गरिएको जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले बताए । उनले प्रतिनिधिसभा विघटनविरुद्ध संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडास्तरमा विरोध कार्यक्रमहरु निर्धारण गरी आन्दोलन निरन्तर जारी राख्ने बताए ।
पालिकास्तरीय कमिटीको आयोजनामा रुपन्देहीका विभिन्न स्थानमा भएको पुत्ला दहन कार्यक्रममा पार्टीका नेतासंगै स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij