२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

चार राजनीतिक दलको सिण्डिकेटका कारण जनतामा निराशा छाएको छ : सिके राउत

सोमवार , पौष २३, २०८०

काठमाडौं, २३ पुस ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेडका कारण जनतामा निराशा छाएको बताएका छन् । 

रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले राज्यको हरेक अंगमा कब्जा गर्ने चार दलको सिन्डिकेडका कारण जनतामा निराशा छाएको बताएका हुन् ।

दलहरुको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने नैराश्यपूर्ण धारणाविकास भएको उनले बताए । वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट जनता आजित भइसकेको भन्दै उहाले यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वाभाविक भएको जिकिर गरे ।

राउतले मधेशका शोषित, उत्पीडित जनताले उनीहरूले न्याय र समान अवसर पाउन सकून भनेर आफ्नो पार्टीलाई विश्वास गरेकाले उनीहरूको माग र आवाजलाई सत्तामा बसेर सम्बोधन गर्न सकिन्छ भन्ने विचारका साथ आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएको बताए ।