२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा २ सिटका लागि सात जनाको उम्मेदवारी

सोमवार , पौष २३, २०८०

काठमाडौं, २३ पौष ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्विनी प्रदेशमा २ सिटका लागि सात जनाको उम्मेदवारी परेको छ । महिला कोटामा ३ जना र अन्य कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठवन्धनबाट नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिहको उम्मेदवारी परेको छ ।

त्यस्तै अन्यबाट एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठवन्धनबाट माओवादीका झक्कु सुवेदी , राप्रपाबाट निरञ्जन कुमार थापा र जनमत पार्टीका वालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।