
सोमवार , पौष २३, २०८०
भैरहवा, २३ पुस ।
रुपन्देही प्रहरीले १ लाख ६२ हजार ७ सय ५० मूल्य बराबरको अवैध प्याज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्याज बरामद गरेको हो ।
आइतबार मायादेवी गाउँपालिका वडा नम्बर ४ स्थित सुण्डीबाट बेवारिसे अवस्थामा फेला परेको ७२ बोरा (३ हजार २ सय ५५ केजी) प्याज स्थानीयबासीको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताए ।
बरामद गरिएको प्याज आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij