२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रुपन्देहीमा ‘युवा उद्यमी सम्मेलन–२०२४’ हुँदै

सोमवार , पौष २३, २०८०

बुटवल, २३ पुस ।  
नेपाली युवा उद्यमी मन्च रुपन्देहीको आयोजनाामा आगामी माघ १३ गते  शनिबार तेस्रो ‘युवा उद्यमी सम्मेलन–२०२४’ हुने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनको तयारी तीव्र पारिएको छ । 

कार्यक्रमका प्रमुख वक्तामा निमबुस समुहका एमडी आनन्द बगारिया, प्यानल छलफलमा मध्यस्थकर्ता पत्रकार रुपेश श्रेष्ठ, प्यानल सदस्यमा नेपाली युवा उधमी मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष आनन्द वझा, एनएमबी बैंक लिमिटेडका एमएसएमई र एसएमई प्रमुख उत्सव घिमिरेको सहभागीता हुने आयोजकले जनाएका छन् ।

त्यस्तै उद्यमी प्रेरणादायक कथा सुनाउन पूर्व मिस नेपाल तथा माकुसे ब्राण्डका प्रमुख कार्यकारी अधिकृत अनुष्का श्रेष्ठ, दराज नेपालका बजार प्रमुख प्रशान्त बुर्लाकोटी, उद्यमशीलता यात्रा ओहो केक काठमाडौंका प्रमुख सन्तोष पाण्डे, हाइलाइफ फूड र पहाडी फूडका सञ्चालक प्रशान्त घिमिरे, इभी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रा.लि.का सञ्चालक अभिरथ अग्रवाल लगायतको विशेष प्रस्तुत रहने जनाइएको छ ।

सम्मेलनमा रुपन्देही तथा अन्य विभिन्न शहरका नयाँ उद्यमीको नयाँ उत्पादनको प्रदर्शन स्टल र प्रचार र मार्केटिङ समेत गरिने युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए ।