२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

मंगलवार , पौष २४, २०८०

काेशी, २४ पौष । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । 

बिराटनगरमा मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।

त्यसअघि बैठकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले प्रस्ताव र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङले समर्थन प्रस्तुत गरेका थिए । उल्लेखित पदमा एउटा मात्रै प्रस्ताव परेकाले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा उपसभामुखले गरिन् ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई सघाउने निर्णय गरेसंगै एमालेले पनि उक्त पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।